भेन्टिलेटर सञ्चालन गर्न जनशक्ति अभाव | Khabarhub Khabarhub

भेन्टिलेटर सञ्चालन गर्न जनशक्ति अभाव


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ मा जनशक्ति अभावका कारण भेन्टिलेटर सञ्चालन हुन सकेको छैन् । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या हजार पुगेपनि सरकारले जनशक्ति पदपूर्ति गर्न नसक्दा भेन्टिलेटर सञ्चालनमा समस्या आएको हो ।

कोरोना महामारी नियन्त्रण गर्न कतिपय संक्रमितलाई भेन्टिलेटरमा राख्नु पर्ने आवश्यकता छ । तर अस्पतालहरूमा रहेका भेन्टिलेटर चलाउने दक्ष जनशक्तिको अभाव हुँदा बिरामीले समयमै उपचार सेवा पाउन सकेका छैनन्। चलाउने दक्ष जनशक्ति नहुँदा अस्पतालहरुका भेन्टिलेटर प्रयोगविहीन बन्ने अवस्थामा पुगेका छन्।

सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखा प्रमुख नवल झाका अनुसार प्रदेश २ मा ४५ वटा भेन्टिलेटर उपलब्ध छन्। तर चलाउने जनशक्तिको अभाव छ ।

‘वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल र नेसनल मेडिकल कलेजमा मात्रै दक्ष जनशक्ति छन्,’ उनले भने, ‘जनकपुरधामको प्रादेशिक अस्पतालमा पनि जसोतसो भेन्टिलेटर चलिरहेको छ । अन्य अस्पतालमा भेन्टिलेटर रहे पनि चलाउने जनशक्ति पर्याप्त छैनन्।’

यस्तै कतिपय अस्पतालमा आईसीयू तथा एचडीयूको व्यवस्था रहे पनि जनशिक्त अभावमा सञ्चालन गर्न कठिनाइ भइरहेको छ। झाका अनुसार वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा १०, नेसनल मेडिकल कलेजमा १० र जनकपुरधामको प्रादेशिक अस्पतालमा ७ वटा भेन्टिलेटर तयारी अवस्थामा छन् । महोत्तरीको जलेश्वरमा ५, सप्तरीको राजविराजमा ४, बाराको कलैयामा २, रौतहटको गौरमा ४, सिरहामा २ र लहानमा १ वटा भेन्टिलेटर छन्। सर्लाहीमा भने एउटा पनि भेन्टिलेटर उपलब्ध नरहेको स्वास्थ्य महाशाखाले जानकारी दिए।

प्रदेश २ मा ७१ बेडको आईसीयूको व्यवस्था गरिएको स्वास्थ्य महाशाखा प्रमुख झाले बताए । उनका अनुसार वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा १५, वीरगन्जकै नेसनल मेडिकल कलेजमा २६, जनकपुरधामको प्रादेशिक अस्पतालमा १०, रौतहटको गौरमा १० वटा आईसीयू बेडको व्यवस्था गरिएको छ। जलेश्वरमा ५ र सिरहामा ५ बेडको आईसीयूको व्यवस्था छ।

प्रदेश २ मा १ सय ८१ बेडको हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) को व्यवस्थासमेत गरिएको स्वास्थ्य महाशाखा प्रमुख झाले बताए। उनका अनुसार वीरगन्जको नेसनल मेडिकल कलेजमा सबैभन्दा बढी ३१ बेडको एचडीयू छ।

त्यस्तै वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल, जनकपुरधामको प्रादेशिक अस्पताल र राजविराजमा २५/२५ बेडको एचडीयूको व्यवस्था छ। बाँकी जिल्लामा १५/१५ बेडको एचडीयूको व्यवस्था गरिएको स्वास्थ्य महाशाखा प्रमुख झाले जानकारी दिए।

प्रदेशमा बढे संक्रमित

प्रदेश २ मा अहिले कुल १ हजार १ सय ४२ जना कोरोना संक्रमित छन्। तीमध्ये पर्सामा मात्रै ७ सय १९ जना कोरोना संक्रमित रहेको प्रदेश २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार आइतबारसम्म बारामा १ सय ४९, धनुषामा १ सय १८, रौतहटमा ७६, महोत्तरीमा ४२, सिरहामा १५, सप्तरीमा १२ र सर्लाहीमा ११ जना कोरोना संक्रमित छन्।

सामाजिक विकास मन्त्रालय सचिवविहीन

सामाजिक विकास मन्त्रालय सचिवविहीन छ। मन्त्रालयका सचिव रहेका कृष्ण कापरीको सरुवा भएको तीन साता बित्दासमेत नयाँ सचिव आउन नसकेको उपसचिव दिलीप ठाकुरले जानकारी दिए। सचिव नभएकै कारण मन्त्रालयको कयौँ काम प्रभावित भइरहेको उनले बताए।

‘मन्त्रालयमा सचिव नहुँदा विभिन्न काम व्यवस्थित रुपमा अगाडि बढाउन कठिन भइरहेको छ,’ उनले भने, ‘ सचिव अभावमा मन्त्रालयको काम प्रभावित भएको छ ।’ कोरोनाको दोस्रो लहर शुरू भएपछि सचिव सरुवा भएर नयाँ सचिव नआउँदा झनै समस्या भइरहेको उनको भनाइ छ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १२ : १५ बजे

सानातिना घटनाले सत्ता समीकरणलाई असर पार्दैन : ओली

झापा– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सानातिना

सेतो मच्छिन्द्रनाथ जात्राको रौनक (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथको जात्रा आज मनाइएको छ । हरेक वर्ष

गृहमन्त्री लामिछानेले सत्ताबाहिर बसेर छानबिनलाई सघाउन् : रमेश खरेल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व नेता रमेश खरेलले

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट 

काठमाडौं– प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन

प्रमुख प्रशासकीय अधिकृत अर्याल सम्मानित

काठमाडौं– चन्द्रागिरि नगरपालिकाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिकस्थल संरक्षणमा अतुलनीय योगदान