आर्थिक पुनरुत्थानका लागि जनताको हौसला | Khabarhub Khabarhub

आर्थिक पुनरुत्थानका लागि जनताको हौसला


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जब भाइरस सम्झनामा विलीन हुने अवस्था आउँनेछ त्यस बेलासम्म लाखौँको संख्यामा भारतीयहरू संक्रमित हुनेछन् भने हजारौँको संख्यामा भाइरसका कारण मानिसको निधन भएको हुनेछ । एक व्यक्ति पनि भाइरसका कारण अप्रभावित हुने छैन ।

हामी सबैले यो भाइरसका कारण केही न केही गुमाउने छौँ, प्रियजन गुमाउने छौँ, दीर्घकालीन रूपमा असर पुग्ने गरी आर्थिक र सामाजिक क्षति व्यर्होने छौँ ।

धेरै जसोले गुणस्तरीय जीवन नै गुमाउने स्थिति आउँनेछ । स्नातकोत्तर हुँदै गरेको विद्यार्थीले कम तलबमा काम गर्नुपर्ने अवस्था आउँनेछ । नयाँ आर्थिक कारोबार शुरू गर्न अप्ठेरो हुनेछ । सामाजिक अस्थिरताका कारण घरेलु हिंसा, सडक प्रदर्शन र हिंसाका अन्य घटनामा वृद्धि हुन थालेको छ ।

यी सबै तनावले गर्दा हामीमा एक प्रकारको चिढचिढाहट आउने छ, धैर्यको सीमा घट्नेछ र क्रोध बढ्नेछ । खास गरी यस्तो क्रोध हुने अवस्था वर्ग लक्ष्यित हुनेछ । कोभिड–१९ लाई सफलतापूर्वक सामना गरेको भारतले समाजमा सकारात्मक भावना फर्काउन भने निकै समस्या व्यर्होनु पर्ने हुनसक्छ ।

हौसला, सकारात्मक सोच र आशावादीताले अर्थतन्त्र विकासमा सहयोग पुग्छ । अर्थतन्त्र वृद्धिको प्रभाव हाम्रो कुल गार्हस्थ उत्पादनमा देखिन्छ । निराशाजनक अवस्थामा यी कुरा पूरा गर्न जुनसुकै देश र सङ्गठनलाई असम्भव देखिन्छ ।

उद्यमशीलता र नवीन सोच आफ्नो दिमागी उपज हो । त्यसैले उच्च हौसला विना उद्यमशीलताका लागि आवश्यक पर्ने स्रोत ठीक ढङ्गले परिचालन गर्न सम्भव हुँदैन ।

त्यसैले यो अवस्थामा भारतले आफ्नो नागरिकको हौसला बढाउने र मानसिक स्थिति मजबुत राख्ने दिशामा काम गर्नुपर्छ, त्यो पनि युद्ध स्तरमा । त्यसले मात्रै कोरोनाका कारण धराशायी भएको अर्थतन्त्र उकास्न सहयोग पुग्छ ।

यो व्यक्तिगत उदारहणका माध्यमबाट बुझ्न सहज हुन्छ । एउटा निराश मान्छे कुनै पनि हिसाबमा जैविकरूपमा मात्रै उत्पादशील काममा संलग्न हुन सक्दैन ।

हामी हाम्रो दिमागमा भएको रासायनिक प्रक्रियाबाट गुज्रिरहेका हुन्छौँ, जसले हामीलाई नवीन कार्य गर्न र लक्ष्य प्राप्तिका लागि निरन्तर काम गरिरहन उत्साह प्रदान गरिरहेको हुन्छ ।

एक पुँजीपति जो आफ्नो साम्राज्य विस्तार गर्ने योजना बुनिरहेकी हुन्छे, एक सैनिक जो आफ्नो फौजको सम्मानका लागि मर्न तयार हुन्छ, एउटा खेलाडी जो देशको सम्मानका लागि पीडा सहन्छ अथवा एउटा कामदार जोसँग ‘मालिक हुने मनोकाङ्क्षा’ हुन्छ, यी सबैको दिमागमा रासायनिक सन्तुलन मिलेको हुनुपर्छ ।

एक उदास मान्छे, उत्पादन बढाउने कार्यमा संलग्न हुनु त परको कुरा आफ्नै स्वास्थ्यको पनि ख्याल राख्दैन । निराशाले ग्रस्त मान्छेको मनोभाव पनि त्यस्तै हुन्छ, किनकि यी दुवैको दिमागमा एकै प्रकारको रासायनिक क्रिया भइरहेको हुन्छ ।

एउटा व्यक्तिलाई परिवार र देशभित्र विस्तार गरेर हेर्दा मान्छेको दिमागी अवस्था र देशको आर्थिक व्यवस्था कसरी एकअर्कामा अन्तरसम्बन्धित हुन्छ भन्ने थाहा हुन्छ ।

सकारात्मक सोच र आशावादीताले अर्थतन्त्र विकासमा सहयोग पुग्छ । अर्थतन्त्र वृद्धिको प्रभाव देशको कुल गार्हस्थ उत्पादनमा देखिन्छ । निराशाजनक अवस्थामा यी कुरा पूरा गर्न जुनसुकै देश र सङ्गठनलाई असम्भव हुन्छ ।

यो एक निकै चुनौतीपूर्ण कार्य हो । खासगरी मान्छेको मानसिक स्वास्थ्यलाई खासै वास्ता नगरिँदा पनि यो अवस्था आएको हो । मानसिक स्वास्थ्य देशभित्रै एक ठूलो चिकित्सकीय समस्याका रूपमा देखिए पनि यसलाई सम्बोधन गर्ने दिशामा खासै प्रभावकारी काम भएको पाइँदैन ।

आफ्ना कामदारको मानसिक स्वास्थ्यको महत्त्व बुझेर नै केही कर्पोरेट संस्थाहरूले कार्यालयमा योगाभ्यास र परामर्श कार्यक्रम सञ्चालन गरेका हुन्छन् । कतिपय अवस्थामा समस्या समाधानका लागि यी कार्य नै पर्याप्त हुन्छन् । यस्तो काम एक मुटु रोगीलाई एस्पिरिन औषधि दिनुजस्तै हो ।

यो समस्या कर्पोरेट भारतका लागि एक सुनौलो अवसर पनि हो । भारतका कर्पोरेट व्यवसायीले सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर) अन्तर्गत स्वास्थ्य क्षेत्रमा अनिवार्य सहयोग गरिरहेका हुन्छन् ।

कर्पोरेट क्षेत्रले भारतमा धेरै अस्पताल सञ्चालन गरेका त छैन नै, स्वास्थ्य क्षेत्रको मानसिकतामा पनि कब्जा जमाएका छन् । तर, मानसिक स्वास्थ्य भने खुला र कब्जाविहिन अवस्थामा छ ।

मानसिक स्वास्थ्यको कुरा आउँदा तीन प्रकारका सरोकारवाला छन् । पहिलो हो सरकार । उसका लागि आफ्नो जनताको हौसला बढाउनु अति आवश्यक कुरा हो ।

दोस्रो हो कर्पोरेट क्षेत्र । उनीहरूको सफलता कामदारको काममा संलग्न हुने स्तरले निर्धारण गर्छ । तेस्रो, सरोकारवाला क्षेत्र औषधि उत्पादक हुन् । किनभने उनीहरूले उत्पादन गर्ने औषधिले मान्छेको स्वास्थ्यमा सिधा असर पुर्‍याएको हुन्छ ।

धेरै भारतीय, खासगरी युवाहरू शारीरिक समस्याका कारणभन्दा पनि मानसिक स्वास्थ्यका कारण बढी प्रभावित हुनेछन् । त्यसैले यी तीनवटै सरोकारवाला निकायका लागि अवसर पनि हो ।

सरकारले यो अवसरको सदुपयोग गर्दै सीएसआर नियममा संशोधन गरी मानिसक स्वास्थ्यका क्षेत्रमा लगानी बढाउने वातावरण निर्माण गर्न सक्छ । कर्पोरेट क्षेत्रले मानिसक स्वास्थ्य पनि अत्यन्तै महत्वपूर्ण विषय भएको ज्ञान फैलाउँदै मानिसको मानसिकता कब्जा गर्न सक्छन् । औषधि उत्पादक कम्पनीले मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्न विश्वलाई नै नेतृत्व गर्न सक्छ ।

विश्वका धेरै जसो सैनिकले बेलायती रक्षा सिद्धान्त अवलम्बन गर्छन् जसले युद्धका दश सिद्धान्त प्रतिपादन गरेको छ । पहिलो सिद्धान्त हो, ‘लक्ष्यको ठीक चयन र त्यसको व्यवस्थापन’ ।

यदि देशकै प्रमुख लक्ष्य आर्थिक पुनरुत्थान हासिल गर्नु हो भने दस सिद्धान्तमध्येको दोस्रो जनताको ‘हौसला बढाउनु’ हो । त्यसमा कारोनाविरुद्ध विजय हासिल गर्ने हौसला पनि पर्छ ।

(रघु रमन रिलायन्स कम्पनीका पूर्वअध्यक्ष हुन् । २० मार्च २०२१ मा द हिन्दुस्तान टाइम्समा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ८ : ०२ बजे

एमडीएमएस प्रकरणमा प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार

काठमाडौं–  विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने

कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएनन्

घोडाघोडी– चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा 

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने