कांग्रेसको आज केन्द्रीय समितिको 'आकस्मिक' बैठक | Khabarhub Khabarhub

कांग्रेसको आज केन्द्रीय समितिको ‘आकस्मिक’ बैठक


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको आज केन्द्रीय समितिको ‘आकस्मिक’ बैठक बस्दै छ। कांग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको निधन भएपछि कांग्रेसले आज बिहान साढे ९ बजेका लागि बैठक बोलाएको हो ।

बैठकले नेता जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। मष्तिष्कघात भए काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको शुक्रबार राति निधन भएको हो ।

नेता जोशीको निधनमा दुःख व्यक्त गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, प्रवक्ता शर्मा, कांग्रेसका नेता तथा कार्यकर्ता, अन्य दलका नेता तथा कार्यकर्ताले मुलुकले एउटा कुशल नेता गुमाएको बताएका छन् ।

उनीहरुले नेता जोशीको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । जोशीलाई गत फागुन १४ गते अस्पतालमा भर्ना गरिएको थियो।

श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर बिहान १० बजेदेखि १ बजेसम्म पार्टी कार्यालय सानेपामा राखिने छ । उनको आजै अन्त्येष्टि गरिनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ६ : ३७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन