न्यायालयलाई संविधानअनुसार निर्णय गर्न सुझाव दिनुलाई दबाब भन्न मिल्दैन: नेता पौडेल | Khabarhub Khabarhub

न्यायालयलाई संविधानअनुसार निर्णय गर्न सुझाव दिनुलाई दबाब भन्न मिल्दैन: नेता पौडेल


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गर्ने असंवैधानिक कदमलाई सर्वोच्चले बदर गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् ।

कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा उनले प्रधानमन्त्रीको कदम असंवैधानिक हो भनेर कांग्रेसले पहिले नै भनेको भन्दै असंवैधानिक कदमलाई सर्वोच्चले बदर गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताए ।

उनले न्यायालयलाई संविधान अनुसार नै निर्णय गर्न सुझाव दिनुलाई दबाब भन्न नमिल्ने तर्क गरे ।

त्यस्तै उनले पार्टी विधानको दायराभित्र रहेर पूर्ण अनुशासित र सक्रियतापूर्वक सङ्गठन विस्तारसँगै देश जोगाउने देखि प्राप्त उपलब्धिको रक्षा समेतको भूमिका खेल्नुपर्ने पनि बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ७ : ५९ बजे

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा