ऐश्वर्याकी डुप्लिकेट आमना सामाजिक सञ्जालमा भाइरल | Khabarhub Khabarhub

ऐश्वर्याकी डुप्लिकेट आमना सामाजिक सञ्जालमा भाइरल


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनजस्तै देखिने एक पाकिस्तानी ब्यूटी ब्लगर आमना इमरान यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेकी छन् ।

सामाजिक सञ्जालमा सक्रिय रहने आमनाले कैयौं तस्वीरहरु शेयर गरेकी छन् । तस्वीरमा उनका पोज पनि ऐश्वर्याकै जस्ता छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई ऐश्वर्याको ‘कार्बन कपि’ भनेका छन् ।

दैनिक भास्करमा प्रकाशित समाचार अनुसार सामाजिक सञ्जालमा आमनालाई करिब ४ हजार मानिस फलो गर्छन् । आमना पनि आफूलाई ऐश्वर्याकै फोटोकपी मान्छिन् । उनले आफूलाई ऐश्वर्याको कार्बन कपी भन्दै उनी शान्ति, प्रेम, एकता, सहिष्णुता र विनम्रतामा विश्वास राख्ने बताउछिन् ।

स्नेहा उलाल र ऐश्वर्या राय

आमना अघि पनि ऐश्वर्याकै कार्बन कपीहरु भाइरल भइसकेका छन् । यसमा स्नेहा उलाल प्रमुख छिन् । सन् २००५ मा जब उनले ‘लकीः नो टाइम फर लभ’बाट बलिउडमा डेब्यू गरेकी थिइन् ।

त्यो समयमा अभिनेता सलमान खानले ऐश्वर्या जस्तै देखिने भएकाले स्नेहालाई बलिउडमा ल्याएको समाचार पनि आएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ६ : ४० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका