प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : सल्लाहकार रिमाल | Khabarhub Khabarhub

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : सल्लाहकार रिमाल


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीले संसदको सामना गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रमुख सल्लाहकार रिमालले प्रधानमन्त्रीले राजीनामा नदिने र स‌ंसदको सामना गर्ने प्रष्ट पारेका हुन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि प्रधानमन्त्रीको नैतिकताबारे प्रश्न उठ्दै गर्दा सल्लाहकार रिमालले प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताए ।

रिमालले लेखेका छन्, ‘सर्वोच्चबाट पुन:स्थापना, प्रधानमन्त्रीको राजीनामा र नैतिकताको प्रश्न! यी विषयमा- प्रश्न गर्ने र जवाफ दिने हामीहरू २०५२ सालमा जहॉ थियौं र अहिले पनि त्यहीँ नै छौँ। दुई प्रधानमन्त्रीहरू- मनमोहन अधिकारी र केपी शर्मा ओली, राजीनामा गर्ने कि हाउसको सामना गर्ने ? त्यो बेला जे गरेका थियौं/ भनेका थियौं, त्यसै गर्दा अहिले चॉहि नहुने किन रहेछ ? !’

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ३ : १५ बजे

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका