९० करोडमा बिक्यो ‘केजीएफ २’ को हिन्दी राइट | Khabarhub Khabarhub

९० करोडमा बिक्यो ‘केजीएफ २’ को हिन्दी राइट


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– कन्नड फिल्म ‘केजीएफ’को पहिलो संस्करणको सफलता पछि दर्शकहरु यसको दोस्रो संस्करणको ब्यग्र प्रतिक्षामा छन् । अब यो प्रतिक्षा चाँडै समाप्त हुँदैछ किनकी फिल्मको टिजर रिलिज भइसकेको छ ।

पछिल्लो पटक जस्तै कन्नड सुपरस्टार यशको यो फिल्मको हिन्दी राइट फरहान अख्तर र रितेश सिधवानीको प्रोडक्सन हाउस एक्सेल इन्टरटेनमेन्टले किनेको छ । जसका लागि उनीहरुले ९० करोड बढी रुपैंयाँ तिरेका छन् ।

फिल्ममा आबद्ध एक सदस्यका अनुसार यो फिल्मको पहिलो संस्करण बनाउदा निर्माण पक्षले यसको हिन्दी भर्सनमा रिलिजको बारेमा केही सोचेका थिएनन् । तर रिलिजको केही समय अघि नै यसको हिन्दी राइट एक्सेल इन्टरटेनमेन्टले किनिसकेको थियो ।

निर्माताले ‘केजीएफ’को तुलनामा ‘केजीएफ २’मा सात गुणा बढी लगानी गरेका कारण पनि एक्सेल इन्टरटेनमेन्टले सर्वाधिक महंगो मूल्यमा यसको अधिकार किन्नु परेको हो । सन् २०१८ मा रिलिज ‘केजीएफ’ले लगानी भन्दा ३५ भन्दा गुणा बढी कलेक्सन गरेको थियो ।

‘केजीएफ’ ८० करोड बजेटमा निर्माण भएको थियो । फिल्मले बक्सअफिसमा २ सय ५० करोड रुपैंयाँको कलेक्सन गरेको थियो । यो फिल्म सर्वाधिक कमाई गर्ने पहिलो कन्नड फिल्म बनेको थियो ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ७ : २५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०