चुनावको तयारीमा जुट्न अर्थमन्त्री पौडेलको आग्रह (भिडियोसहित) | Khabarhub Khabarhub

चुनावको तयारीमा जुट्न अर्थमन्त्री पौडेलको आग्रह (भिडियोसहित)


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– नेकपाका नेता एंव अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वैशाखमा हुने निर्वाचनको तयारीमा जुट्न सबैलाई आग्रह गरेका छन ।

बुटवल उपमहानगर पालिका ११ स्थित देवी नगर र बुद्धनगर जोड्ने (तिनाउ नदी पुल) को उद्घाटन गर्दै मन्त्री पौडेलले सरकार जनताको सुखदुखमा साझेदारी गर्दै अघि बढेको बताउँदै निर्वाचनका लागी तयारी रहन आग्रह गरेका हुन ।

हेरौँ भिडियो

अर्थमन्त्री पौडेलले अबका समयमा सरकारका कामसँगै विकास निर्माणलाई पनि प्रभावकारी ढङ्गले अघि बढाउने जनाउँदै यसमा साथ दिन सबैलाई आग्रह गरे ।

मन्त्री पौडलले नेपाल र नेपालीको प्रमुख समस्याको रुपमा रहेको सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या अब चाडै स्याथी रुपमा नै समाधान गर्ने बताए ।

११ करोड ९३ लाख ८४ हजार ७३० कुल लागतमा निर्माण सम्पन्न भएको पुलको निर्माण कार्य विसं २०७२ असार ३० गते शुरु भई २०७६ माघ ५ गते सम्पन्न भएको हो ।

पुलको लम्बाइ ११० मिटर र चौडाइ ११ मिटर रहेको छ । पुल सम्पन्न भएसगैँ बुद्धनगर, रानीगञ्ज, मोतीपुर र सेमला लगायतका क्षेत्रका नागरिकहरुलाई बुटवल आवत जावतमा सहजता भएको छ ।

 

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ६ : ४५ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५