यातायात कार्यालय जनकपुरमा अख्तियारको छापापछि लाइसेन्सको परीक्षा स्थगित | Khabarhub Khabarhub

यातायात कार्यालय जनकपुरमा अख्तियारको छापापछि लाइसेन्सको परीक्षा स्थगित


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– यातायात व्यवस्था कार्यालय जनकपुरधाममा अख्तियारले छापा मारेर कार्यालय सहयोगी र ‘दलाल’लाई पक्राउ गरेपछि लाइसेन्स (चालक अनुमतिपत्र)को परीक्षा स्थगित भएको छ ।

कार्यालयका निमित्त प्रमुख विरेन्द्र साहले सूचना निकालेर ०७७ माघ १४ देखि १६ सम्म लिइने सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षाहरु स्थगित गरिएको जानकारी दिएका हुन ।

कार्यालयको कार्यव्यस्तताको कारणले अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका लागि परीक्षा स्थगित गरिएको विज्ञप्तीमा उल्लेख छ ।

यस्तो छ सूचना

मंगलवार साँझ अख्तियार बर्दिबासको टोलीले उक्त कार्यालयमा छापा मारेर घुस रकमसहित कार्यालय सहयोगी भागेन्द्र कापर र दलाल राजकिशोर भगतलाई पक्राउ गरेको थियो ।

अख्तियारका प्रवक्ता मनिराज ज्ञवालीका अनुसार कार्यालय सहयोगीलाई दलालबाट छैठौं तहका कर्मचारी तेजेन्द्र भनिने अनिल गिरीले घुस लिन भनेका थिए ।

कार्यालय सहयोगी २ लाख २३ हजार ८२० रुपैया र दलाल भगत ५० हजार रुपैयाँसहित पक्राउ परे पनि कर्मचारी गिरी फरार भएका छन् । उनी बुधबार कार्यालयमा समेत उपस्थित भएका थएिनन ।

अख्तियारको टोली आएको सुइँको पाउने वित्तिकै उनी भागेको स्रोतले जानकारी दिएको हो ।

अख्तियारले करिब ९ घण्टा लगाएर अप्रेशन सफल पारेको छ । दिउँसो ४ बजे कार्यालयमा प्रवेश गरेको अख्तियारका टोली राति १० बजे फर्केको थियो ।

घुस रकमसहित कार्यालय सहयोगी र दलाललाई अनुसन्धान तथा कारबाहीका लागि अख्यिारको टोलीले बर्दिबास कार्यालय लगेको छ ।

यो पनि पढौँ

यातायात कार्यालय जनकपुरका एक कर्मचारी र ‘दलाल’ ३ लाख घुससहित पक्राउ 

 

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ६ : ०८ बजे

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर

अर्थमन्त्री पुनको अमेरिका भ्रमण : माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित 

काठमाडौं– संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण

वाणिज्य बैंकहरूको नाफा घट्यो, नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा