राष्ट्रिय महिला लिगमा विराटनगरको पहिलो जीत | Khabarhub Khabarhub

राष्ट्रिय महिला लिगमा विराटनगरको पहिलो जीत


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विराटनगर महानगरपालिकाको टोलीले राष्ट्रिय महिला लिगमा पहिलो जीत हात पारेको छ।

बुधबार सातदोबाटोस्थित एन्फा मैदमनमा भएको खेलमा चन्द्रपुर नगरपालिका रौतहटको टोलीलाई विराटनगरले ५-० गोलले पराजित गरेको हो।

विराटनगरले तेस्रो चरणमा जित हात पार्न कुसुम खतिवडाले ह्याट्रिक पूरा गरिन्। उनले खेलको १२ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि उनले ६९ औँ र ७० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

त्यस्तै विराटनगरका लागि अनु राईले ३२ र सरिता शेर्पाले ६३औँ मिनेटमा गोल गरिन्। विराटनगरले पहिलो जित हात पार्दा चन्द्रपुरले अहिलेसम्म १ खेल जितेको छ।

विराटनगरिवरुद्ध चन्द्रपुरका खेलाडीले लय समात्न नसक्दा फराकिलो हार व्येहोरेको हो। लिगमा विराटनगरले ४ अंक बटुलेको छ भने चन्द्रपुरको ३ अंक रहेको छ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ५ : ५६ बजे

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको

कोशीमा मुख्यमन्त्री केदारकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेसको माग 

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले