घरमा सुख, शान्ति र सम्वृद्धी भित्र्याउने ८ बिरुवा | Khabarhub Khabarhub

घरमा सुख, शान्ति र सम्वृद्धी भित्र्याउने ८ बिरुवा


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घर सजाउन र घरको वातावरण हरियो बनाउन हामीहरु घरमा बिभिन्न बोट विरुवा रोप्ने गर्दछौ ।

वास्तुशास्त्र अनुसार घरमा केहि विशेष बोटविरुवा रोपेमा शुभ मानिन्छ । यी बोटविरुवाबाट निस्कने सकारात्मक ऊर्जाका कारण घरमा सुख शान्ति र धन समृद्धिको आवागमन हुने गर्दछ । यस्तोमा घरमा कुन बोटविरुवा रोप्नु लाभदायक हुन्छ त ?

१. अशोक र बास
अशोक एवम् बासको बिरुवाले घरमा सकारात्मक ऊर्जाको सञ्चार गराउँदछ । यी बोटबिरुवा घरमा भएमा सफलता समेत प्राप्त हुने मान्यता छ ।

२. तुलसी
वास्तुशास्त्र अनुसार घरको आगनमा उत्तरपूर्व एवम् पूर्व दिशामा तुलसीको बिरुवा भएमा घरमा सकारात्मक उर्जाको प्रवाह हुने र रोगव्याधी हटेर जाने मान्यता छ ।

३. साना बिरुवा
घरको उत्तरपूर्वी दिशामा साना बिरुवा जस्तै सयपत्री, लिली, अमबला, पुदीना, बेशार रोपेमा उदाउँदो सुर्यको स्वास्थ्यवर्धक किरण ठोक्किएर घरमा प्रवेश गर्ने र परीवारको स्वास्थ्यमा राम्रो प्रभाव पर्ने मान्यता छ ।

४. नीम
एंटीव्याक्टेरीयल गुणले भरीपुर्ण नीमको बिरुवा घरको वायव्य कोणमा रोपेमा दूषित वायुमण्डल शुद्ध गरी स्वच्छ पर्यावरण प्रदान गर्दछ । यसले रोगबिमारबाट समेत टाढा राख्दछ । साथै सुखद परिणम दिने मान्यता छ ।

५. अनार
अनारको बिरुवा घरमा रोपेमा हृदय रोगबाट बचाउनुका साथै लाभकारी एवं शक्तिवर्धक हुने मान्यता छ । अनारलाई घरको दक्षिणपूर्व दिशामा रोपेमा सुख सौभाग्यमा वृद्धि मान्यता छ ।

६. वेल
भगवान शिवको अत्यन्त प्रिय वेलको बिरुवा घरको उत्तर पश्चिम दिशामा रोप्नु अत्यन्त शुभ मानिन्छ ।

७. नीलो फूल
घरको उत्तर दिशामा नीलो रंगको फूलका बिरुवा रोपेमा समृद्धि ल्याउने र जीवनमा स्थिरता र पवित्रता ल्याउने मान्यता छ ।

८. मनीप्लान्ट
घरमा मनीप्लान्टको बिरुवा रोपेमा घरमा आर्थिक समृद्धि आउने मान्यता छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ५ : ५८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन