टी-ट्वान्टी विश्वकप क्रिकेट : नेपाल विश्वकप क्रिकेट छनोट नजिक | Khabarhub Khabarhub

टी-ट्वान्टी विश्वकप क्रिकेट : नेपाल विश्वकप क्रिकेट छनोट नजिक


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय महिला टोली ट्वान्टी–२० विश्वकप क्रिकेटको छनोट नजिक पुगेको छ ।

विश्वकप क्रिकेटको एसियाली छनोट अन्तर्गत दुबईमा शुक्रबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेसँगै नेपाल छनोट नजिक पुगेको हो । नेपालको ४ खेलबाट ६ अंक भएको छ ।

नेपालले आफ्नो अन्तिम खेलमा आइतबार यूएईसँग खेल्नेछ । सो खेलमा फराकिलो जित निकाल्न सके नेपाल समुह विजेता बन्दै विश्वकप क्रिकेटका लागि छनोट हुनेछ । यद्यपि नेपालले अन्य खेलको नतिजा पनि कुर्नु पर्नेछ ।

एसियाली छनोटको जारी प्रतियोगितामा नेपालसहित यूएई र हङकङको पनि सम्भावना समान छ । यसअघिका तीनै खेलमा विजयी यूएईको ६ अंक छ भने हङकङको चार अंक छ ।

शुक्रबार नै यूएईले कुवेतसँग र हङकङले भुटानसँग प्रतिस्पर्धा गर्नेछन् । हारले मात्र पनि यूएई र हङकङको आगामी यात्रामा धक्का लाग्नेछ । आफ्नो अन्तिम खेलमा हङकङले कुवेतसँग आइतबार खेल्नेछ । मलेसिया, भुटान र कुवेतको यात्रामा भने पूर्ण बिराम लागिसकेको छ ।

दुबईमा मलेसियाले दिएको ९३ रनको मध्यम लक्ष्य नेपाली महिला टोलीले १० बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टाएको थियो । १६ रन जोड्दा ईन्दु बर्मालाई व्यक्तिगत ४ रनमा गुमाएको नेपालका लागि क्याप्टेन रुविना क्षेत्री र सीता राना मगरले दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए ।

सीता ३० र रुविना २० रनमा रन आउट भए । कविता कँवर पनि १० रनमा आउट भइन् । सरिता मगर १५ र अप्सरी बेगम एक रनमा नटआउट रहे ।

यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर ९२ रनको मध्यम योगफल तयार पारेको थियो ।

इल्सा हल्टरले ३९ रन बनाएको मलेसियाको इनिङ्समा ६ जना ब्याट्सवुमनले भने दोहोरो अंकको स्कोर छुन सकेनन् । मलेसियालाई कम योगफलमा रोक्ने क्रममा शबनम राईले २ तथा रुविना क्षेत्री, कविता कुँवर र सीता राना मगरले समान १–१ विकेट लिए ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  २ : २५ बजे

राष्ट्रपति-अमिर वार्ता : मध्यपूर्वको युद्धमा चासो, जलवायु परिवर्तनको संकट टार्न सहकार्य गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई

बालेन्द्रको फोटो टाँसेर इलाममा चुनाव प्रचार !

काठमाडौं- इलाममा गर्माएको उपनिर्वाचनको मैदानमा २० उम्मेदवार छन् । यीमध्ये

आईपीओकै दरमा किन्न पाइन्छ ४ कम्पनीको शेयर

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से)को दोस्रो बजारमा ४ कम्पनीको शेयर

युक्रेन युद्धमा रुसलाई समर्थन गरेको अमेरिकी दाबीमा चीनको आपत्ति

बेइजिङ– बेइजिङले युक्रेनमा रुसको युद्धको समर्थन गरिरहेको भन्ने अमेरिकाको ‘निराधार

रूसी लगानीकर्तालाई नेपाली लगानी गर्न एफएनसीसीआइको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ र रूसी संघको चेम्बर