तीन जनामा कोभिड देखिएपछि सांघाइमा सयौँ उडान रद्द, सबै विद्यालय बन्द | Khabarhub Khabarhub

तीन जनामा कोभिड देखिएपछि सांघाइमा सयौँ उडान रद्द, सबै विद्यालय बन्द


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सांघाईमा तीन जनामा कोभिड १९ देखिएपछि सयौं उडान रद्द गरिनुका साथै विद्यालय बन्द गरिएका छन् । त्यस्तै, सो क्षेत्रमा गरिने सबै भ्रमण स्थगित गरिएको छ ।

चीनले कोभिडलाई शून्यमा झार्ने बताउँदै आएको छ । यात्रा प्रतिबन्ध देखि लकडाउनसम्मका उपाय लगाएर बेइजिङले कोभिड नियन्त्रण गर्न सफल भएको छ । तर, पछिल्ला समयमा केही सहरमा कोभिड संक्रमण देखिन थालेको छ ।

नजिकको सुझोउ सहरमा यात्रा गरेका तीन जनामा कोभिड पोजेटिभ देखिएपछि सावधानीस्वरुप विभिन्न प्रतिबन्ध लगाइएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । कोभिड भएका तीनै जनाले खोप लगाएका थिए ।

सांघाईमा शुक्रबार ५०० भन्दा बढी उडान रद्द गरिएका छन् । त्यस्तै सांघाई सरकारले अन्तरप्रान्तीय भ्रमण रद्द गरेको छ । त्यसैगरी सांघाईका ६ ओटा अस्पताल बन्द गरिएका छन् ।

सांघाईबाट १०० किलोमिटर टाढा रहेको सुझोउ सहरमा एक करोड ३० लाख मानिस बसोबास गर्छन् । अहिले त्यहाँका सम्पूर्ण पर्यटकी क्षेत्र बन्द गरिएको छ । सहर छोड्नुअघि सबै नागरिकलाई कोभिड नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने भएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  २ : १३ बजे

बँदेलको टोकाइबाट सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको

‘कर्णालीमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र इतिहास छ’

सुर्खेत – लामो समयदेखि भाषा र साहित्यको अध्ययन गरेका विद्वानहरूले

‘बोक्सीको घर’ : हतारै हतारमा बनेको गीत ‘बुझिनँ मैले’

काठमाडौंं – केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ बाट

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए

काठमाडौं- प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली

मोरङलाई हराउँदै भोजपुर गोल्डकपको अन्तिम ४ मा सिरहा

भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको क्वार्टर