निर्वाचनको तयारीमा लाग्न अध्यक्ष ओलीको निर्देशन « Khabarhub

निर्वाचनको तयारीमा लाग्न अध्यक्ष ओलीको निर्देशन


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको स्थानीय तहस्तरका अधिवेशनको मंगलबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले मिति तय नभए पनि अब मुलुक निर्वाचनतर्फ अग्रसर भएकाले त्यसको तयारीमा लाग्न निर्देशन दिए ।

एमाले बहुदलीय प्रतिस्पर्धाबाट हरेश नखाने र आगामी निर्वाचनबाट जनादेश प्राप्त गर्ने उनले विश्वास व्यक्त गरे । पार्टीको केन्द्रीय कार्यालयको वार रुमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “मुलुकका जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान तथा राष्ट्रियताको रक्षाका लागि एमाले विजयी हुनुको विकल्प छैन । जनादेश हाम्रो पक्षमा आउने आत्मविश्वासका लागि देशभर पार्टीका काममा क्रियाशील हुन म आह्वान गर्दछु ।”

एमालेले यही कात्तिक ६ गते सबै वडास्तरमा अधिवेशन गरेको थियो भने आज नगरपालिका र गाउँपलिकास्तरका अधिवेशनको मिति तय गरेको हो । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म बाग्मती प्रदेशको चितवनमा हुँदैछ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ४ : ४० बजे

गाईघाट–दिक्तेल सडकको अस्थायी बेलीब्रिज सञ्चालन

उदयपुर – सुनकोसी नदीको अस्थाई बेलिब्रिज हटाएसँगै उदयपुर र खोटाङ

सुन्दरी मिरुना (फोटो फिचर)

काठमाडौँ – लण्डनमा बस्दै आएकी मिरुना मगरलाई अभिनयमा खुबै रुची

लकडाउनलाई सीप तिखार्न खर्चेकी जम्मुकी बेकरी उद्यमी

जम्मु सहरमा बस्ने सना गुप्ता अहिले गान्धी नगरस्थित एउटा सरकारी

सङ्‍कटमा रहेको अर्थतन्त्रलाई सरकारले उकास्‍नुपर्छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले अर्थतन्त्र

गणतन्त्र दिवस : बुटवलमा खुला दौड प्रतियोगिता

भैरहवा– गणतन्त्र दिवस २०७९ को पूर्वसन्ध्यामा लुम्बिनी प्रदेशको अस्थाई राजधानी