टी-ट्वान्टी विश्वकपमा आज दुई खेल | Khabarhub Khabarhub

टी-ट्वान्टी विश्वकपमा आज दुई खेल


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा मंगलबार दुई खेल हुँदैछन् ।

पहिलो खेलमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ । दुबईमा हुने खेल नेपाली समयअनुसार  दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

समूह-१ मा रहेका दक्षिण अफ्रिका र वेस्ट इन्डिज पहिलो जितमा खोजीमा हुने छन् । पहिलो खेलमा दक्षिण अफ्रिका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो । वेस्ट इन्डिजलाई इंग्ल्यान्डले ६ विकेटले हराएको थियो ।

यस्तै दोस्रो खेलमा पाकिस्तानले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । शारजाहमा हुने खेल नेपाली समयअमुसार राति ७:४५ बजे सुरु हुनेछ । पाकिस्तान लगातार दोस्रो जित निकाल्ने योजनामा छ । बहुप्रतीक्षित पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो ।

न्युजिल्यान्ड भने विजयी सुरुआत गर्ने योजनामा हुनेछ । न्युजिल्यान्डको यो पहिलो खेल हो । सोमबार भएको एक मात्रै खेलमा अफगानिस्तानले स्कटल्यान्डलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ३ : २५ बजे

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

हुम्ला– रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको

देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष

धरान डेन्टल कलेजको कन्तबिजोग

धरान – दाँतको सामान्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान

विद्यार्थी बढाउन कक्षा एकमै अङ्ग्रेजी विषय

वैशाख– कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो

तालढुङ्गालाई प्रदेशको नमूना सहर बनाइँदै

काभ्रे– विकट क्षेत्रमा सूचीकृत काभ्रेको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती