'परमादेश गर्ने पाँच जना, राजीनामा चाहिँ एक जनाको मात्रै किन श्रीमान्?' | Khabarhub Khabarhub

‘परमादेश गर्ने पाँच जना, राजीनामा चाहिँ एक जनाको मात्रै किन श्रीमान्?’


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत संविधान कार्यान्वयन ठीक ढंगले भए नभएको हेर्नुपर्नेमा अतिरिक्त भूमिका निभाउन थालेपछि समस्या निम्तिएको बताएका छन् ।

एकैपटक  ७५३ वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले परमादेश जारी गरेर एमालेलाई सरकारबाट हटाउन न्यायाधीशहरूको भूमिका रहेको र यसबारे अहिले एकअर्काको भूमिकाबारे न्यायाधीशहरू बोल्न थालेको बताए ।

संविधानको सही कार्यान्वयन भए नभएको हेर्नु पर्ने अदालत पाकिस्तानी शैलीमा परमादेश जारी गरेर सरकार हटाउनेमा लागेको भन्दै उनले फेरि सर्वोच्च अदालतको आलोचना पनि गरे ।

‘…सम्मानित सर्वोच्च अदालतले हेर्ने भनेको संविधानको सही प्रयोग भइरहेको छ कि छैन । त्यसको समुचित ब्याख्या गर्ने हो, दुनियाँमै कही नभएको कुरा  सरकार बनाउने र हटाउने कुरा पाकिस्तानी शैलीमा परमादेशबाट हुन थालेपछि लोकतन्त्र के हुन्छ । आज सर्वोच्च अदालतमा देखिएको छ तमासा ।’

अदालतलाई मर्यादित, निर्विवाद, विश्वासिलो बनाउनुपर्नेमा जोड दिँदै उनले अदालतमा तमासा देखाउन नहुने बताए ।

‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि’, ओलीले भने, ‘तर, एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान् ?’

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १ : ५५ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने