तीनै तहको चुनावमा एमालेको ६० प्रतिशत मत :  पौडेल | Khabarhub Khabarhub

तीनै तहको चुनावमा एमालेको ६० प्रतिशत मत :  पौडेल


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल-  एमाले उपमहासचिव विष्णु पौडेलले अबको तीनै तहको चुनावमा आफ्नो पार्टीले ६० प्रतिशतभन्दा बढी नतिजा ल्याउने दाबी गरेका छन् ।

रुपन्देहीमा पार्टीको तिलोत्तमा नगर कमिटीको प्रथम नगर अधिवेशनको मंगलबार उदघाटन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले एमाले एक्लै चुनाव लडेर ६० प्रतिशत स्थानीय तह एवं प्रदेश र संघीय संसदमा ६० प्रतिशत सिटमा विजयी हासिल गर्ने दाबी गरेका हुन् ।

‘सत्तारुढ पाँचदलीय गठबन्धनका विरुद्ध एमाले एक्लै चुनाव लड्छ र अघिल्लो चुनावभन्दा बढी नतिजा हासिल गर्छ,’ उनले भने, ‘तीनै तहको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी नतिजा ल्याउँछौं ।’

पार्टी कब्जा गर्ने र समाप्त गर्ने षडयन्त्रलाई कार्यकर्ताले असफल तुल्याएको भन्दै उपमहासचिव पौडेलले केही नेता चोइटिएर गए पनि एमाले एकढिक्का रहेको दाबी गरे । ‘एमाले विभाजित भएको छैन, एकतावद्ध छ, यसको पुष्टि आगामी निर्वाचनले गर्ने छ,’ उनले भने ।

एमाले केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष लीला गिरीले वडा अधिवेशनले देशव्यापी रूपमा पार्टी एकताको सन्देश दिएको र स्थानीय तहको अधिवेशनले यसलाई अझ फराकिलो पार्ने बताए ।

रुपन्देही एमाले इन्चार्ज दधिराम न्यौपानेले पार्टीलाई अझ संगठित, चुस्त दुरुस्त र बलियो बनाएर लैजाने जिम्मेवारी कार्यकर्ता पंक्तिमा आएको भन्दै यो जिम्मेवारीलाई पार्टीका सबै कमिटीले पूरा गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १ : ०१ बजे

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा