सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन खुल्यो, नयाँ मापदण्ड लागू हुने | Khabarhub Khabarhub

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन खुल्यो, नयाँ मापदण्ड लागू हुने


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाएको छ ।

कोरोना भाइरसका कारण वैशाख १६ गतेदेखि रोकिएको आवदेन आजबाट खोलिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालका अनुसार सेवाग्राहीले आजबाटै अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

यसअघि पहिलो चरणको लकडाउनका कारण २०७६ चैत्रबाट बन्द भएको ट्रायलको कामलाई विभागले डिजिटल माध्यमबाट फारम भर्न मिल्ने गरी २०७७ पुस १४ गतेबाट खुलाएको थियो ।

यससँगै करिब ४ महिनापछि कोरोना भाइरस न्यूनीकरणका लागि गरिएको दोस्रो चरणको लकडाउनसँगै गत वैशाख १६ गतेबाट लाइसेन्सको काम बन्द भएको थियो ।

विभागकाअनुसार पुसदेखि वैशाखसम्म फारम भरेका झण्डै ६ लाख परीक्षार्थी ट्रायलको पर्खाइमा थिए । विभागले गत भदौ २० गतेबाट लाइसेन्स खुलाएसँगै अहिले परीक्षार्थीले धमाधम परीक्षा दिइरहेका छन् ।

‘काठमाडौँ उपत्यकाभित्र अझैं दुई लाखबढी पुरानै सेवाग्राही छन् । त्यसका लागि केही समय अझै लाग्ला’ भुसालले खबरहबसँग भने, ‘बाहिरी जिल्लामा लगभग सकिएको छ । अब नयाँ आवेदन दिनेले एक महिनाभित्र परीक्षा दिन पाउनेछन् ।’

त्यस्तै विभागले गत साउनदेखि लागु हुने गरी लाइसेन्स परीक्षाका लागि नयाँ मापदण्डको व्यवस्था गरेको थियो । यद्यपी लकडाउनका कारण परीक्षा रोकिएको थियो ।

यससँगै नयाँ आवेदन दिनेहरुले अब नयाँ मापदण्डअनुसार लाइसेन्स परीक्षा दिन पाउने भुसालले बताए ।

यस्तो छ नयाँ मापदण्ड
विभागबाट जारी निर्देशिकामा वर्ग ‘क’ (ए) मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग ‘ख’ (बी) कार, जिप, डेलिभरी भ्यानको लाइसेन्स लिने सहज व्यवस्था गरिएको छ ।

निर्देशिकाको दफा ५ (२) बमोजिम वर्ग (क÷ट), (ए÷के) र वर्ग ‘ख’ (बी) का लागि लिइने लिखित परीक्षाका लागि ५००÷५०० वटा प्रश्नको दुइटा प्रश्न संग्रहसमेत विभागले सार्वजनिक गरेको छ ।

यो व्यवस्थाअनुसार लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियम पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटी १०० पूर्णांकको प्रश्न सोधिनेछ । यसमा चार÷चार अंकका २५ वटा वस्तुगत उत्तर दिने प्रश्न हुन्छन् ।

लिखित परीक्षाको अवधि ३० मिनेटको हुनेछ । सम्बन्धित कार्यालयले विद्युतीय माध्यमबाटसमेत लिखित परीक्षा सञ्चालन गर्न सक्ने व्यवस्था छ ।

निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्न सक्छन् ।

ट्रायलका लागि प्रयोग हुने मोटरसाइकल–स्कुटर पेट्रोलबाट चल्ने र कार, जिप, भ्यानहरू पेट्रोल, डिजेल वा ग्यासबाट चल्ने हुनुपर्नेछ । त्यस्तै सबै सवारी दर्ता प्रमाणपत्र अद्यावधिक भएको वा बहाल अवधि बाँकी रहेको तथा तेस्रो पक्ष बीमा भएको हुनुपर्नेछ ।

प्रयोगात्मक परीक्षा १०० पूर्णांकको हुनेछ ।

कुनमा कति अंक ?

घुमाउरो आठ– २० अंक

साँघुरो फलेक– १० अंक

युटर्न– १० अंक

ट्राफिक संकेत– १५ अंक

बम्प्स (उबडखाबड)– १५ अंक

उकालो– २० अंक

परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकन– १० अंक

यी गल्ती गरे ट्रायलमा अंक काटिन्छ :
घुमाउरो आठमा एक पटकसम्म अंकित रेखा छोएमा ५ अंक घट्ने छ ।

एक पटकसम्म खुट्टाले भुइँ टेकेमा थप ५ अंक घट्ने छ ।

युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अंक घट्ने छ ।

ट्राफिक संकेत पालना नगर्दा १५ अंक घट्ने छ ।

उबडखाबडमा एक पटकसम्म भुइँमा टेकेमा ५ अंक घट्ने छ ।

एक पटक सवारीको स्टार्ट बन्द भए ५ अंक घट्ने छ ।

सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण गर्नुपर्नेछ । यसो नगरे ३ अंक घट्नेछ ।

हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अंक घट्नेछ ।

असंयमित भएर सवारी चलाए ३ अंक घट्नेछ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १२ : ४५ बजे

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट