लागुऔषधसहित तीन पक्राउ « Khabarhub

लागुऔषधसहित तीन पक्राउ


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जलेश्वर- महोत्तरी प्रहरीले नेपालमा प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१ बस्ने ३२ वर्षीय पङ्कज साह, ३१ वर्षीय रञ्जीत थापा र सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने २९ वर्षीय जीवन तामाङ रहेको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

भारतको विहार राज्यको कन्हमा सहरबाट लागुऔषध बोकी महोत्तरीको सम्सी सीमानाकाबाट नेपाल प्रवेश गरेका तीनै जना युवकलाई गए राति प्रहरीले जिल्लाको औरही नगरपालिका–४ स्थित सडकखण्डमा जाँच गर्दा उनीहरू लागुऔषधसहित पक्राउ परेका हुन् ।

उनीहरूका साथबाट प्रहरीले एक्सिप्लोन १०० एमएलको झोल पदार्थ ११ बोतल, स्पास्मो प्रोक्सिभन प्लस ट्याब्लेट १६ पिस, नाइटाभेट ट्याब्लेट २१० थान, डाइजालेब ट्याब्लेट तीन थान र फेनारगन ट्याब्लेट तीन थान बरामद गरेको छ ।

लागुऔषधसहित पक्राउ परेका तीनै युवकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याई आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  २ : १० बजे

भक्तपुरका जनप्रतिनिधिको पहिलो काम: मेलम्चीको पानी वितरण

भक्तपुर– बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी बिहीबार दिउँसो १२ बजेदेखि

आर्थिक वर्ष सकिनै लाग्दा सुदूरपश्चिमको बजेट खर्च ३० प्रतिशत मात्रै 

धनगढी– सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्ष सकिनै लाग्दा पुँजीगत खर्च

काठमाडौं महानगर १५ को अध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार विजयी

काठमाडौँ- काठमाडौँ महानगरपालिका वडा नं १५ को वडाध्यक्षमा नेकपा ९एकीकृत

बालेनको उदयले राजनीतिक दललाई दिएको ‘थ्रेट’

काठमाडौँ– बालेनको नामले परिचित बालेन्द्र शाहको परिचयमा  ‘काठमाडौँ महानगरपालिकाको मेयर’

एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीहरुलाई ‘एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मान

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा अध्ययनरत