अफगानिस्तानबाट ११ जना नेपालीलाई उद्धार गरेर दिल्ली पुर्‍याइयो | Khabarhub Khabarhub

अफगानिस्तानबाट ११ जना नेपालीलाई उद्धार गरेर दिल्ली पुर्‍याइयो


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानबाट ११ जना थप नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयले विहीबार ११ जना नेपाललाई उद्धार गरेर भारतको नयाँ दिल्ली ल्याइएको जनाएको छ । मन्त्रालयका अनुसार उद्धारको पर्खाइमा रहेका ४२ जना नेपालीहरुलाई अफगानिस्तानको काबुल विमानस्थल नजिकै सुरक्षित राखिएको छ ।

मन्त्रालयले भनेको छ, ‘काबुलका विभिन्न स्थानमा उद्धारको पर्खाइमा रहनु भएका ४२ जना नेपाली नागरिकहरूलाई बिभिन्न ठाँउबाट एकीकृत गरी काबुल विमानस्थल नजिक राखिएको छ । विमानस्थल बाहिर जम्मा भएको भिडका कारण एकिकृत गरिएका उक्त नेपाली नागरिकहरुलाई विमानसम्म पुर्याउनका लागि विभिन्न तहमा समन्वय भैरहेको छ ।’ तर काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरणबारे हालसम्म पनि कुनै टुंगो नभएको मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीहरूलाई काठमाडौँसम्म ल्याउनको लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ७ : ३९ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको