प्रदेश-१ का मुख्यमन्त्री राईले राजीनामा दिँदै, आचार्य मुख्यमन्त्री बन्दै | Khabarhub Khabarhub

प्रदेश-१ का मुख्यमन्त्री राईले राजीनामा दिँदै, आचार्य मुख्यमन्त्री बन्दै


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पार्टी विभाजनपछिको शक्ति सन्तुलन मिलाउन एमालेले प्रदेश-१ को मुख्यमन्त्री पनि परिवर्तनको तयारी गरेको छ ।

यसका लागि अध्यक्ष ओलीले मुख्यमन्त्री शेरधन राईलाई राजीनामा गराएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन् । आचार्य माधव नेपालले नयाँ पार्टी खोलेपछि संस्थापनमा लागेका नेता हुन् ।

ओलीको आग्रहमा राईले आजै प्रदेश-१ को संसदीय दलको नेता तथा मुख्यमन्त्री  पदबाट राजीनामा दिन लागेको निकट स्रोतले जनाएको छ ।

पार्टी विभाजनपछि केन्द्र र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न २१ दिनको समय तोकिएको छ । विभाजनले आधिकारिता पाएलगत्तै एमालेले संसदीय दलको नेता परिवर्तन गर्न दलको बैठक बोलाएको हो ।

एमाले प्रदेश-१को संसदीय दलको बैठकले माधव समूहमा लागेका सांसदलाई कारबाही गर्ने तयारी पनि गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।

प्रदेशमा मुख्यमन्त्री बन्न ४७ सांसद आवश्यक पर्छ । एमालेका ५१ मध्ये एक सभामुख छन् भने एक सांसद फौजदारी अभियोग लागेपछि फरार छन् ।

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईका अनुसार नयाँ पार्टीमा १५ सांसद छन् । प्रदेश १ मा आठ सांसदले नयाँ पार्टी रोजे एमालेको मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ८ : ४० बजे

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु 

दोलखा– दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा