टोकियो ओलम्पिक : चीनका लागि सोमबारको नतिजा अनपेक्षित, तेस्रोमा सीमित | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : चीनका लागि सोमबारको नतिजा अनपेक्षित, तेस्रोमा सीमित


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियोमा जारी ग्रीष्मकालीन ओलम्पिकको सोमबार भएको स्पर्धामा बेलायत, जापान, रुसी ओलम्पिक कमिटी र अमेरिकाले समान तीन स्वर्ण पदक जितेका छन् ।

कुनै पनि पदक जित्न नसकेपछि चीन तेस्रो स्थानमा धकेलिएको छ । सोमबार चीनका अनुकूल मानिएका डाइभिङ, भारोत्तोलन र टेबल टेनिसमा पनि पदक जित्न सकेनन् ।

सोमबार टुङ्गो लागेको अन्तिम स्वर्ण पदक जापानको खातमा परेको हो । टेबल टेनिसको महिला मिश्रित युगलमा जापानको मिजुतानी र इटु मिनाको जोडीले चीनको झु छिन र लिउ सियेनको जोडीलाई हरायो । सो स्पर्धामा फ्रान्सका लेबेसन इमानुएल र युवानले कास्य पदक जिते ।

सो अप्रत्याशित परिणामसहित जापान सोमबारको खेल समाप्तिमा ८ स्वर्ण, २ रजत र तीन कास्यसहित शीर्ष स्थानमा रहेको छ । अमेरिका सात स्वर्ण, तीन रजत र चार कंस्य सहित दोस्रो स्थानमा छ ।

चीन ६ स्वर्ण, ५ रजत र ८ कास्य सहित तेस्रो स्थानमा छ । रुसी ओलम्पिक कमिटी चार स्वर्णसहित चौथो तथा बेलायत तीन स्वर्ण सहित पाँचौँ स्थानमा रहेका छन् ।

गत रियो ओलम्पिकमा दोस्रो स्थान हात पारेको बेलायतको हकमा यसपटक सफलता पाउन त धेरै कठिन छ । परन्तु, सोमबार हात पारेको सफलतासँगै पदक तालिकामा शीर्ष स्थानमा रहेको तीन टोलीलाई पछ्याउन सफल भएको छ ।

सोमबार टुङ्गो लागेको पदकमा पौडीमा महिला १०० मिटर बटरफ्लाइमा क्यानडाकी म्यागी म्याकनेलले स्वर्ण पदक जितिन् । चीनकी भाmओ झीङले रजत र अस्ट्रेलियाकी अम्मा म्याककोनले कास्य पदक जिते ।

सय मिटर ब्रेस्ट स्ट्रोकमा बेलायतका एडम पेट्टीले स्वर्ण पदक जिते भने नेदरल्यान्डका आर्मो क्रामेनेङ्गोले रजत तथा इटालीका निकोलाइ मार्टीनेग्रीले कास्य पदक जिते ।

महिला ४०० मिटर फ्रि स्टाइलमा अस्ट्रेलियाका एरियन टिटमसले स्वर्ण जितिन् । अमेरिकाकी केटी लेडकीले रजत पदक सो स्पर्धामा चीनकी लि बिजिङले एसियाली कीर्तिमान सहित कास्य पदक जितिन् ।

पुरुष चार गुणा समय मिटर फ्रि स्टाइल रिलेमा अमेरिकाले स्वर्ण, इटालीले रजत तथा अस्ट्रेलियाले कास्य पदक जिते ।
सोमबार भएको क्यानोइ सालोममा स्लोभाकियाका साभेक बेन्जामिलने स्वर्ण, चेक गणतन्त्रका लुकास रोहनदे रजत र जर्मनीका टासीडास सिडेरसले कास्य पदक जिते ।

डाइभिङमा बेलायतले स्वर्ण, चीनले रजत तथा रसी ओलम्पिक कमिटीले कास्य पदक जिते । स्केट बोर्डिङको महिला स्ट्रिटमा जापानकी निसायम मोजीमले स्वर्ण, ब्राजिलकी लियल रायसाले रजत र जापानकै नुमा फाकायामाले कास्य पदक जितिन् ।

आर्चरीको पुरुष टिम स्पर्धामा दक्षिण कोरियाले स्वर्ण पदक जित्यो । चाइनिज ताइपेईले रजत तथा जापानले कास्य पदक जिते ।
माउन्टेन बाइक साइक्लिङको पुरुष क्रस कन्ट्रीमा बेलायतका थोमस पिडककले स्वर्ण जिते । सो स्पर्धामा स्वीट्ेजरल्यान्डका माथुयस फ्लिकिङरले रजत र स्पेनका डभिड भालारोले कास्य पदक जिते ।

फेन्सिङको व्यक्तिगत फोइलमा हङकङका चेयोङ का लिङले स्वर्ण र इटालीका डानीयल गोराजाले रजत पदक जिते ।स्पर्धामा चेक गणतन्त्रका अलेक्जेन्डर चुपेन्टेकले रजत पदक जिते ।

महिलाको साबरे एकलमा रुसी ओलम्पिक कमिटीकी सोफिया पोजोनित्कोभाले आफ्नै देशकी सोफ्या भालिकायालाई हराउँदै स्वर्ण पदक जितिन् । फ्रान्सकी मानन ब्रुनेटले कास्य पदक जितिन् ।

जुडोको पुरुष ७३ किलो तौल समूहमा जापानका ओनो सोनाइले स्वर्ण तथा जर्जियाका लासा साभ्दा तुसाभिलले रजत पदक जिते । कोरियाका एन चान्ग्रिङ र मङ्गोलीयाका टिसे ङ ओटिरले कास्य पदक जिते ।

जुडोमै महिला ५७ किलो तौल समूहमा कोसो भोकी नारो गाजको भाले स्वर्ण तथा फ्रान्सकी सहारा लानोइले रजत पदक जिते । जापानकी तुसाका योसिदा र क्यानडाका जेसिका क्लीसेटले कास्य पदक जिते ।

जिम्न्यास्टिकको पुरुष टिम स्पर्धामा रुसी ओलम्पिक कमिटीले स्वर्ण, जापानले रजत तथा चीनले कास्य पदक जिते । सुटिङको महिला स्किटमा अमेरिकाकी अम्बर इङ्लिसले स्वर्ण, इटालीकी डाइना बाकोसीले रजत र चीनकी बेइ मेङले कास्य पदक जिते । पुरुषतर्फ भिन्सेन्ट हान्ककले स्वर्ण, डेनमार्कका जेस्पर हान्सेनले रजत र कुवेतका अल रसिद अब्दुल्लाले कास्य पदक जिते ।

पुरुष ट्रायथलनमा नर्वेका क्रिस्चियन ब्लेमन्फेल्टले स्वर्ण र बेलायतका एलेक्स एले रजत पदक जिते । न्यु जिल्यान्डका हाइडल विल्डेले कास्य पदक जिते । भारोत्तोलनको महिला ५५ किलो तौल समूहमा फिलिपिन्सकी डियाज हाइल्डिनले स्वर्ण, चीनकी लिक्वीनले रजत तथा काजकिस्तानकी चीन्सालनो जुल्फियाले कास्य दिक जिते ।

तेक्वान्दोको पुरुष ८० किलो तौल समूहमा रुसी ओलम्पिक कमिटीका मासिक खार्भातोभले स्वर्ण तथा जोर्डनका सालेह इस्लाबेटीले रजत पदक जिते । इजिप्टका सेफ इसा र क्रोएसियाका टोनी क्रानेटले कास्य पदक जिते ।

महिला ६७ किलो तौल समूहमा क्रोएसियाकी माटेआ जिलिकले स्वर्ण तथा बेलायतकी विलियम्स लाउरेनले रजत पदक जिते । आइभोरी कोस्टकी रुथ जाग्भी र इजिप्टकी हाडेआ मलाकले कास्य पदक जिते ।

–एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ९ : १४ बजे

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।