एमाले एकताको विकल्प छैन, नेपाललाई ओलीसरहको जिम्मेवारी असम्भव : रघुवीर महासेठ | Khabarhub Khabarhub

एमाले एकताको विकल्प छैन, नेपाललाई ओलीसरहको जिम्मेवारी असम्भव : रघुवीर महासेठ


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको दाबी गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले पार्टीमा बराबरको दुई अध्यक्ष हुन नसक्ने बताएका हुन् । अहिले माधव नेपाललाई अध्यक्ष दिनेगरी पावर शेयरिङमा छलफल भइरहेको भनेर बाहिर चर्चा भएपनि त्यस्तो कुनै सम्भावना नभएको उनले बताए ।

नेता महासेठले एमालेको एकताको विकल्प नभएको भन्दै ढिलो/चाँडो एकता भई छाड्ने पनि दाबी गरे । उनले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको संवैधानिक इजलाशले हालै दिएको फैसलाप्रति आफूहरुको रिजर्भेशन रहेको भएपनि आत्मासात् गरिएको बताए ।

नेता महासेठले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको दुई हप्ता बितिसक्दा पनि अझैसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेकोमा प्रधानमन्त्रीको आलोचना गरे ।

 

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ६ : ३० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय