खोपको अभाव हुन दिँदैनौँ : राज्यमन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

खोपको अभाव हुन दिँदैनौँ : राज्यमन्त्री श्रेष्ठ


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप अभाव हुन नदिने बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा नवनियुक्त स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले अनुदान वा खरिद गरेर खोपको व्यवस्था गर्ने बताएका हुन् ।

उनले अनुदानका लागि सम्झौताको तयारी भइरहेको पनि बताए । राज्यमन्त्री श्रेष्ठले तेस्रो लहरको संक्रमणमा निःशुल्क उपचार गर्ने गरी आफूले सेवामूलक अस्पताल खोल्ने दाबी पनि गरे ।

उनले अहिलेको पहिलो प्राथमिकताका भनेको खोप भएकाले कम्तीमा पनि ६० प्रतिशत जनतालाई खोप लगाउनुपर्ने बताए । कोरोनाको तेस्रो लहरको जोखिमको तयारी पनि शुरु भइसकेको उनले बताए ।

त्यस्तै मन्त्रालयको नीति योजना तथा अनुगमन माहाशाखाका प्रमुख डा. गुणराज लोहनीले कोरोनाको तेस्रो लहरको जोखिम कायमै रहेको र सबै सचेत हुनुपर्ने बताए । कोरोना संक्रमण केही संख्यामा घटेको देखेपनि फेरि बढ्न सक्ने आंकलन रहेको उनको भनाइ छ । उनले पर्याप्त खोपका लागि सरकारले सबै विकल्पलाई खुला राखेको जिकिर गरे ।

बैठकमा सांसदहरुले सबै नागरिकलाई खोपको पहुँचमा ल्याउनुपर्ने, संक्रमितको उपचार समान रूपमा हुनुपर्ने बताएका थिए ।

मन्त्रालयले चैतसम्ममा ३ करोड २३ लाख डोज खोप प्राप्त हुने जनाएको छ भने आगामी मंसिरसम्म २ लाख नयाँ संक्रमित थपिने समेत प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ७ : ४५ बजे

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका