माओवादीद्वारा बाढी प्रभावित तीन पालिकालाई ६७ लाख सहयोग | Khabarhub Khabarhub

माओवादीद्वारा बाढी प्रभावित तीन पालिकालाई ६७ लाख सहयोग


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– बाढी प्रभावित यहाँका तीन पालिकालाई नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशले आर्थिक सहयोग गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशका पूर्वमन्त्री युवराज दुलाल, केन्द्रीय सदस्य माधव सापकोटा र नेता चन्द्रबहादुर थापाको विशेष पहलमा तीन पालिकालाई आज आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

प्रदेशभित्र माओवादी केन्द्रले नेतृत्व तथा प्रतिनिधित्व गरेका स्थानीय तहबाट सङ्कलित रकम मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई हस्तान्तरण गरिएको थापाले जानकारी दिए ।

दुई पालिका हेलम्बु र मेलम्चीलाई रु २३ लाख २९ हजार ९९९ का दरले र पाँचपोखरी थाङपाललाई रु २० लाख २९ हजार ९९९ हस्तान्तरण गरिएको हो । प्रदेश कमिटिका अध्यक्ष नारायण दाहालले विपत्तिमा अहिलेका लागि यो सहयोग गरिएको जनाउँदै क्षतविक्षत भएका प्रभावित स्थानीय तहलाई पुनःहराभरा बनाउन केन्द्रमा पनि पहल गर्ने बताए ।

नेता सापकोटाले बाढीग्रस्त क्षेत्र मेलम्ची र हेलम्बुमा तत्काल दुई बेलिब्रिज बनाउन पहल भइरहेको र अर्थ मन्त्रालयबाट पुल निमार्णका लागि निर्देशन आइसकेको जानकारी गराए ।

कार्यक्रममा प्रभावित पालिकाबाट प्रतिनिधित्व गर्दै मेलम्चीका नगर प्रमुख डम्बर अर्यालले विपद्का बेला सहयोग गरेकामा माओवादी नेतृत्वलाई धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ९ : ४५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न