एकवर्ष अघि यादवको पार्टी जोगाइदियौँ, अहिले उनैले विभाजन गराए : राजेन्द्र महतो | Khabarhub Khabarhub

एकवर्ष अघि यादवको पार्टी जोगाइदियौँ, अहिले उनैले विभाजन गराए : राजेन्द्र महतो


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष राजेन्द्र महतोले उपेन्द्र यादवका कारण पार्टी विभाजनको अवस्थामा पुगेको बताएका छन् ।

जसपा आधिकारिता विवादका लागि निर्वाचन आयोग पुगेर सनाखत गरिसकेर प्रतिक्रिया दिँदै एकवर्षअघि उपेन्द्र यादवको पार्टी जोगाइदिएको भएपनि अहिले उनै यादवले पार्टी विभाजनतर्फ लगेको बताएका हुन् ।

उनले अहिलेको अवस्था कल्पना गरेकोभन्दा फरक रहेको बताए । उनले भने, ‘एकवर्षअघि उपेन्द्रजीको पार्टीको विभाजन भएको थियो । आज आएर एकवर्षभित्र यस्तो अवस्था आउला भनेर कल्पना गरेका थिएनौँ । दुर्भाग्यपूर्ण अवस्था आयो । दलसम्बन्धी, जनमत, जनाधारसम्बन्धी सबै जनतामा जाने हो । त्यसैले जनतामै जाने हो ।’

दल कतै नगएको र जनतामा फेरि जाने भन्दै अध्यक्ष महतोले उनले भने, ‘दल कतै गएको छैन । पार्टी जनताबाट निर्माण हुने हो । ५१ जना मात्रै दल हुने होइन । यो अवस्थाका लागि उपेन्द्रजीको पार्टी बचाइदिएको थिएन । एकताबद्ध भएर वैकल्पिक शक्ति निर्माण गर्ने, शोषण उत्पीडनमा परेको जनतालाई न्याय दिनलाई हामीले एकता गरेका थियौँ । तर त्यसको ठीकविपरीत प्राविधिक विभाजन देखाएर पार्टी टुक्र्याउन खोजियो यो दुर्भाग्यपूर्ण हो ।’

अध्यक्ष महतो नेपाल बहुलराष्ट्रिय राज्य भएको दोहोर्‍याउँदै भने, ‘बहुलराष्ट्रिय राज्य हो । नेपाल सबै नेपालीको हो । यो अभियान हो । संविधान र शासन सम्पूर्ण नेपालीका लागि बन्नुपर्छ ।’

अध्यक्ष महतोले जनताको अधिकार स्थापनाका लागि लागिरहने समेत बताएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ३ : ३२ बजे

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको