चिनियाँ ह्याकर्सले संसदीय इमेल अकाउन्ट ह्याक गरे : नर्वे | Khabarhub Khabarhub

चिनियाँ ह्याकर्सले संसदीय इमेल अकाउन्ट ह्याक गरे : नर्वे


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओस्लो- आफ्नो संसदसँग सम्बन्धित इमेल खाताहरू चिनियाँ ह्याकर्सको निसानामा परेको नर्वेले आरोप लगाएको छ ।

नर्वेका विदेशमन्त्री ईने एरिक्सन सोराइडले गत मार्चमा माइक्रोसफ्टको एक्सचेन्ज सर्भरमा समस्या देखिएपछि संसदसँग सम्बन्धित इमेल खाता ह्याक भएको थियो । त्यसमा चिनियाँ ह्याकर जिम्मेवार रहेको उनले जनाएका छन् ।

‘नर्वेको संसदले मार्चमा माइक्रोसफ्ट एक्सचेन्ज सर्भर घटनाको हिस्साको रूपमा इमेल प्रणालीको उल्लंघन भएको बताएको छ । यो अत्यन्त गम्भीर घटना हो, जुन हाम्रो सबैभन्दा महत्त्वपूर्ण प्रजातान्त्रिक संस्थालाई असर पुर्‍याएको छ,’ विदेशमन्त्री सोराइडले विज्ञप्तिमा भनेका छन्, ‘विस्तृत विवरणको मूल्यांकनपछि चीनबाट बाहिरका क्रियाकलापहरूले सो कमजोरीको फाइदा उठाएका छन् ।’

सोरोइडले यसबारे चिनियाँ दूतावासलाई सम्पर्क गरिएको समेत बताएका छन् । माइक्रोसफ्ट एक्सचेन्ज इमेल सर्भर सफ्टवेयरको ह्याकमा अमेरिका र पश्चिमी सहयोगी राष्ट्रहरुले चीनलाई दोष दिँदै आएका छन् ।

चिनियाँ विदेशमन्त्रीले भने उक्त आक्रमणमा आफ्नो सरकार जिम्मेवार नहुने र चीन यस्ता गतिविधिमा संलग्न नभएको बताएका छन् ।

स्रोत : एएनआई

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १० : ५५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०