भोलिदेखि ढल्केबरबाट कोहलपरसम्म विद्युत कटौती हुन सक्ने | Khabarhub Khabarhub

भोलिदेखि ढल्केबरबाट कोहलपरसम्म विद्युत कटौती हुन सक्ने


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले भोलि (शनिवार) असार १३ गतेदेखि १९ गतेसम्म विद्युत कटौती हुन सक्ने जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले माथिल्लो तामाकोशी आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न लागिएकाले असार १३ देखि १९ गतेसम्म विद्युत कटौती हुन सक्ने जनाएको हो ।

प्राधिकरणले आज (शनिवार) एक सूचना जारी गर्दै खिम्ती लामोसाँघु १ सय ३२ केभी प्रसारण लाइन बन्द हुने भएकोले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकहरूका लागि छोटो समयका लागि विद्युत कटौती हुन सक्ने जनाएको छ ।

निर्धारित समयअगावै प्रसारण लाइन जोड्ने काम सकिए सोहीअनुसार विद्युत आपूर्ति गरिने पनि सूचनामा उल्लेख छ । कुलेखानी जलाशयको पानी प्रयोग गरी सकेसम्म विद्युत् कटौती कम गर्ने प्राधिकरणको तयारी छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ९ : ४५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन