कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार | Khabarhub Khabarhub

कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार भएको छ ।

भेनेजुएलाको सीमा नजिक उडिरहेका बेला राष्ट्रपति इभान दुकेसहितका उच्च अधिकारी सवार हेलिकप्टरमा गोली प्रहार भएको हो ।

तस्वीर : रोयटर्स

हेलिकप्टरमा राष्ट्रपति दुकेसँगै रक्षा मन्त्री, आन्तरिक मामिला मन्त्री र राज्यका गभर्नर थिए । राष्ट्रपतिका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार घटनामा कसैलाई केही भएको छैन । राष्ट्रपति दुकेले आक्रमणलाई कायरता भन्दै निन्दा गरेका छन् ।

तस्वीर : रोयटर्स

आक्रमणको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १० : ३५ बजे

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले

कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्म कैद

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्म कैदको फैसला भएको

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका प्रतिवादीको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका