गुल्मीमा एम्बुलेन्स चालकमाथि कुटपिट | Khabarhub Khabarhub

गुल्मीमा एम्बुलेन्स चालकमाथि कुटपिट


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीमा एक जना एम्बुलेन्स चालकमाथि कुटपिट भएको छ। कोरोना संक्रमितहरुलाई ओसार्दै आएका २८ वर्षीय लालबहादुर खत्रीमाथि कुटपिट भएको हो ।

उनको टाउकोमा चोट लागेको छ ।  हाल उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

रेसुंगा नगरपालिका-१ धागिथुमका अन्दाजी ३० वर्षीय सागर बोहोराले उनीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

चालक खत्रीलाई कुटपिट गर्ने बोहोरा फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालकमाथि कुटपिट गरिनु निन्दनीय भएको संयुक्त एम्बुलेन्स चालक संघ गुल्मीका सचिव युवराज बस्नेतले बताए।

उनले दोषीमाथि कारबाहीको माग राखेका छन् । घटनाका विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ९ : ३१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका