एसियाली पूर्वाधार बैंकद्वारा बंगलादेशलाई २६ करोड ऋण प्रदान | Khabarhub Khabarhub

एसियाली पूर्वाधार बैंकद्वारा बंगलादेशलाई २६ करोड ऋण प्रदान


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका(सिन्ह्वा)- एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले बंगलादेशमा आर्क स्टिल पुल निर्माणका लागि २६ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । बंगलादेशमा यस किसिमको यो पहिलो पुल हो ।

बेइजिङस्थित एआईआईबीको कार्यालयले जारी गरेको विज्ञप्तिमा केवटथली पुलको निर्माणले बंगलादेशको उत्तरी शहर मिमेनसिंहको बढ्दो ट्राफिक समस्या सुल्झाउन ठूलो मद्दत गर्ने उल्लेख छ ।

यसबाहेक, यो पुल ढाका–मिमेनसिंह–भारत सीमा कोरिडरको एक हिस्सा पनि हुनेछ र यो पुल स्थानीय एवं क्षेत्रीय सम्पर्क सञ्जालका लागि रणनीतिक महत्वको रहेको छ ।

पुलको निर्माण सम्पन्न भएपश्चात् उत्तरी क्षेत्रका करिब एक करोड १० लाख मानिसलाई स्थानीय र क्षेत्रीय यात्राका लागि ठूलो मद्दत पुग्ने एआईआईले जनाएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ६ : ५५ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म