कोरोना फैलाउनेलाई साउदीमा पाँच वर्ष जेल, आप्रवासी भए देश निकाला | Khabarhub Khabarhub

कोरोना फैलाउनेलाई साउदीमा पाँच वर्ष जेल, आप्रवासी भए देश निकाला


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना संक्रमण बढेसंगै साउदी अरबले संक्रमण रोक्न थप कदम चालेको छ ।

साउदीले जानाजानी कोरोना भाइरस संक्रमण अरूलाई सार्नेलाई कडा सजाय दिने भएको छ ।

साउदी सरकारले तोकेका कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी मापदण्ड उल्लङ्घन गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने निर्णय गरेको बताइएको छ ।

साउदी सार्वजनिक अभियोजनले जानाजान कोरोना सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल र पाँच लाख साउदी रियाल जरिबाना तोकेको सार्वजनिक अभियोजनलाई उद्धृत गर्दै त्यहाँबाट प्रकाशन हुने साउदी ग्याजेट पत्रिकाले जनाएको ।

कोरोना सङ्क्रमण फैलाउने आप्रवासी श्रमिक भए पुनः साउदी फर्किन नपाउने गरि देश निकाला गरिने समेत जनाइएको छ । साउदीले आप्रवासीहरुलाई पनि कोरोनाको खोप निःशुल्क रुपमा उपलब्ध गराउदै आइरहेको छ ।

यो समाचार तयार पार्दासम्म साउदीमा कोरोना सङ्क्रमितको संख्या ४ लाख १२ हजार २१६ पुगेको छ ।

उपचारपछि निको हुनेको सङ्ख्या ३ लाख ९५ हजार ५५७ पुगेको छ भने संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार ९०० रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ठूलो सङ्ख्या नेपाली कामदार रहेको साउदीमा अहिलेसम्म संक्रमणबाट ८९ जना नेपालीले ज्यान गुमाईसकेको नेपाली दूतावास स्रोतले जनाएको छ ।

साउदीले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे नखुलाएको करण के कति नेपाली सङ्क्रमित भए कति निको भएर काममा फर्किए भन्ने आधिकारिक तथ्याङ्क दूतावाससंग पनि छैन ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : २५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०