भारत र कोभिड–१९ युद्ध | Khabarhub Khabarhub

भारत र कोभिड–१९ युद्ध


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामीले तीनतिरबाट युद्ध झेलिरहेका छौँ । स्वास्थ्य, अर्थतन्त्र र आन्तरिक र बाह्य बिग्रिँदो वातावरण । यस्तो अवस्था महामारीभन्दा अघिबाट जारी छ ।

यो युद्धलाई जित्न राष्ट्रको सम्पूर्ण शक्ति एकीकृत गर्नुपर्छ । स्रोत साधन, ऊर्जा र नेताहरूको सोच्ने क्षमता सबैको तालमेल मिलाउँदै निर्णायक बिन्दुमा एकीकृत गर्नु आवश्यक हुन्छ ।

यस्तो गर्न सकेको अवस्थामा मात्रै महामारीको जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ । छलफल र समन्वयको शृंखलाको माध्यमबाट मात्रै तालमेल बढाउन सकिन्छ । अन्य युद्धबाट जस्तै यो युद्धबाट सकारात्मक नतिजा निकाल्न क्षति कम गर्नुपर्ने हुन्छ ।

हामीले केही रणनीतिक लाभ लिन सक्ने अवस्था पनि छ । ढिलै भए पनि जनताले राष्ट्रिय संकट महसुस गर्न थालेका छन् । मोबाइल फोनका कारणले गर्दा हामीसँग जनसञ्चारको एउटा गहिरो व्यवस्था छ, हालको अवस्थालाई व्यवस्थित गर्न यो महत्वपूर्ण उपलब्धि हुन सक्छ ।

भ्याक्सिन व्यवस्थित गर्न र जीवन रक्षा गर्ने औषधि वितरण गर्न आदार कार्ड एउटा उत्तम उपाय हुन सक्छ । हामीसँग भएको प्राविधक शक्तिले समस्या निर्धारण गर्न र नीति निर्मातालाई कार्ययोजना बनाउन सहयोग गर्न सक्छ ।

स्रोत साधनको कमी हाम्रो सबैभन्दा ठूलो चुनौती होइन, तर खाली ठाउँ भर्न नसक्नु, कार्यान्वयनको अवस्था निगरानी गर्न नसक्नु हाम्रो समस्या हो । यदी हामीले महामारीको यो युद्ध लड्नु छ भने हामीले युद्धका दस सिद्धान्त अवलम्बन गर्नुपर्ने हुन्छ ।

हाम्रा कम्तीमा दुई सय कर्पोरेट हाउससँग देशका कुनाकाप्चामा पुग्न सक्ने क्षमता छ । जसका माध्यमबाट हामी आवश्यक समाग्रीको वितरण गर्न सक्छौँ । एक शहरबाट अर्को शहरमा बन्दोबस्तीका समान पुर्‍याउन हामीसँग प्रयाप्त विमान क्षमता पनि छ ।

स्रोत साधनको कमी हाम्रो सबैभन्दा ठूलो चुनौती होइन, तर खाली ठाउँ भर्न नसक्नु, कार्यान्वयनको अवस्था निगरानी गर्न नसक्नु हाम्रो समस्या हो । यदी हामीले महामारीको यो युद्ध लड्नु छ भने हामीले युद्धका दस सिद्धान्त अवलम्बन गर्नुपर्ने हुन्छ ।

पहिलो सिद्धान्त एउटा स्पष्ट र व्यवस्थित उद्देश्यको पहिचान हो । स्वास्थ्य र आर्थिक संकटसँग जुध्ने हाम्रो लक्ष्य हुनुपर्छ । युद्धमा पनि विवादस्पद लक्ष्यलाई सम्झौताका माध्यमबाट व्यवस्थित गर्ने गरिन्छ । युद्धको समयमा लिइएको फैसलाले सायदै कसैलाई सन्तुष्ट बनाउँछ । त्यसैले यस्तो निर्णय लिन राजनेताको जरुरी हुन्छ ।

दोस्रो सिद्धान्त नैतिकता कायम राख्नु हो । यसका तीन तत्व छन् । जनतालाई देशको अवस्थाका विषयमा स्पष्ट बताउनुपर्छ भने चुनौतीबाट बाहिर निस्किने दिशा दिनसक्नुपर्छ । यस्तो अवस्थामा तीव्र निर्णय गर्न सक्ने क्षमता प्रर्दशन गर्न सक्नुपर्छ ।

कथनी र करणीमा फरक आयो भने नेताले विश्वास गुमाउन सक्छ जसले गर्दा राष्ट्रिय एकता खलबल्याउन सक्छ ।

तेस्रो सिद्धान्त आपत्तिजनक कारबाही अथवा व्यावहारिक कदमको शृंखला हो । यसले गति र लाभकारी अवस्था बनाइराख्न सहयोग पुर्‍याउँछ । रणनीति लागू गर्न र स्रोतसाधन वितरण गर्न स्थानीय नेताहरूलाई परिचालन गर्नुपर्छ ।

उच्चतहमा रहेका व्यक्तिले स्रोतसाधन जुटाउँछन् भने तल्लो तहमा रहेका व्यक्तिले जुटाएका स्रोत साधनको वितरण गर्छन् । तल्लो तहबाट स्रोत साधनको उच्च माग हुन्छ, यो युद्धको प्रकृति नै हो ।

त्यसैले, उच्चतहमा रहेका व्यक्तिले दीर्घकालसम्मका लागि रणनीति अख्तियार गर्नुपर्ने हुन्छ । त्यसको अन्त्यतिर आर्थिक र औद्योगिक शहरहरूलाई महामारीबाट बचाउन स्पष्ट रणनीति तयार गर्नुपर्ने हुन्छ । यो रणनीति असफल भएको अवस्थामा पूरा देश नै धराशायी हुन्छ ।

चौथो सिद्धान्त सुरक्षा हो जसले निश्चित उद्देश्य प्राप्त गर्न आवश्यक पर्ने वातावरण बनाउने काम गर्छ ।  खासगरी जीवन उपयोगी सामग्रीको माग र आपूर्तिमा सन्तुलन नमिलेको अवस्थामा त्यसले नैतिक र भौतिक भ्रष्टाचारको अवस्था निम्त्याउन सक्छ । आपूर्तिमा समस्या, कर्मचारीतन्त्रको ढिलासुस्ती, उदासीनता र लोभका कारण युद्धको अवस्था झनै विकराल हुनसक्छ ।

सरकारले संस्थाहरूको क्षमताबाट लाभ लिनसक्नुपर्छ विशेषगरी ती संस्थान जो स्रोतसाधन वितरण गर्ने क्षमता राख्छन् । यसका साथै सामग्री वितरणमा चुहावट नहोस् र ढिलासुस्ती पनि नहोस् भनेर निगरानी गर्नुपर्छ । यस्तो संस्थाहरूको उद्देश्य बदल्दै युद्ध प्रकृति अनुरूप बनाउनुपर्ने हुन्छ ।

सबै निर्णयका नचाइँदो असर पनि हुन्छ । उदाहरणका लागि लकडाउनपछि प्रवासीहरूको पलायन । युद्धको समयमा प्रायः निर्णय गलत र गलतको नजिकबीचमा हुन्छन् । मुख्य निर्णयहरूको असर मूल्याङ्कन गर्दै निर्णय गलत हुनबाट जोगाउनुपर्छ । यस्तो समूहमा काल्पनिक क्षमता भएका र लामो समयसम्मको प्रभाव मूल्याङ्कन गर्न सक्ने व्यक्ति चयन गर्नुपर्छ ।

छठौँ सिद्धान्त शक्तिमा केन्द्रित हुने हो । पहिलो दीर्घामा रहेर काम गर्ने श्रमिकलाई भ्याक्सिन कार्यक्रममा सहभागी गराउनु यो सिद्धान्तको उदाहरण हो । विशेषगरी नेताहरूले आफ्नो स्रोतसाध कम वितरण गर्छन् जसले गर्दा त्यसको निर्णायात्मक प्रभाव पर्दैन ।

सातौँ सिद्धान्त प्रयासको अर्थ व्यवस्था हो । यो सिद्धान्तले युद्धको समयमा स्रोतसाधन सधैँ कम हुने मान्यता राख्छ भने त्यसलाई पूरा गर्न हरसम्भव प्रयास गरिने बताउँछ । अपव्यय कम होस् भन्ने यसको उद्देश्य हुन्छ जसले गर्दा समाग्रीको खपतमा कम नोक्सानी हुन्छ ।

युद्धको समयमा देश स्रोतसाधन र ज्ञानको क्षमताको कमीले मात्रै पराजित हुँदैन पुराना जितको उन्मादले पनि पराजित गराउँछ । चुनौतीलाई कम आँक्दै नयाँ रणनीति अख्तियार गर्न नसक्दा पनि पराजय भोग्नुपर्छ । 

आठौँ सिद्धान्त लचकता हो । जब सबै रणनीति एकीकृत हुन्छन्, तब कार्यान्वयन पर्याप्त सशक्तीकरण गर्दै निरीक्षण र निर्धारण गर्नुपर्ने हुन्छ । उदाहरणका लागि स्थानीय नेताले आफ्नो भेगका जनतालाई आफ्नो परिवारका सदस्य सरह सहझै भ्याक्सिन लगाउन सकिन्छ भन्ने सोच्न सक्छन् । यस्तो परिवर्तनलाई कार्यक्षेत्रमा मात्रै लागु गर्न सकिन्छ ।

नवौँ सिद्धान्त सहकार्यको हो । यसमा समूहगत कार्य गर्ने, चुनौती, अप्ठेरो, जोखिम र अवसरलाई सबैको हितका लागि साझा गर्ने भन्ने बुझाउँछ ।

यो सिद्धान्त अन्तर्गतको मुख्य सिद्धान्त भनेको जोखिम, चुनौती र अप्ठेरो परिस्थितिलाई ठूलो समूहले साझा हिसाबमा समाधान गर्ने प्रयास गर्छ भने सानो समूहले आफ्नो हित र अवसर मात्रै खोज्छ भन्ने हो । यस्तो समूहले आफ्नो क्षमता, नैतिकता र अन्तोत्वगत्वा प्रभावकारीता नै गुमाउँछ ।

यस अन्तर्गत स्थिरता अन्तिम सिद्धान्त हो । युद्ध लड्ने क्षमता स्थिर गर्दै आफ्नो अन्य क्रियाकलाप स्वतन्त्र राख्नु यो सिद्धान्तको उद्देश्य हो । यस अन्तर्गत नै आर्थिक क्रियाकलाप अघि बढाउन सकिन्छ । अर्थतन्त्रलाई सही ठाउँमा ल्याउन सकिएन भने महामारी विरुद्धको युद्धले हामीलाई डस्न थाल्छ ।

युद्धका यी सिद्धान्तले हामीलाई दिशानिर्देश गर्छ । युद्धको समयको चाँदीको घेरा के मात्रै हो भने आन्तरिक समस्याका बाबजुद यसले देशलाई पूर्ण क्षमतामा युद्धबाट सफलता प्राप्त गर्न अग्रसर बनाउँछ ।

युद्धको समयमा देश स्रोतसाधन र ज्ञानको क्षमताको कमीले मात्रै पराजित हुँदैन पुराना जितको उन्मादले पनि पराजित गराउँछ । चुनौतीलाई कम आँक्दै नयाँ रणनीति अख्तियार गर्न नसक्दा पनि पराजय भोग्नुपर्छ ।

(रघु रमन रिलायन्स कम्पनीका पूर्वअध्यक्ष हुन् । २१ अप्रिल २०२१ मा द हिन्दुस्तान टाइम्समा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ८ : १० बजे

व्यासमा जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाइने

काठमाडौं– व्यास नगरपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय

व्यासमा प्लास्टिक झोला निषेध

दमौली– तनहुँको व्यास नगरपालिकाले आगामी जेठ १ गतेदेखि नगरभित्र प्लास्टिक

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स

कतारका राजाको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

ललितपुरको महांकालमा प्रज्ञा स्मृति भलिबल प्रतियोगिता हुने

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा २२ देखि २५ वैशाख २०८१ मा