नेता जोशीको निधनपछि कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक | Khabarhub Khabarhub

नेता जोशीको निधनपछि कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ। कांग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको निधन भएपछि कांग्रेसले शनिबार बिहानका लागि बैठक बोलाएको हो ।

बैठकले नेता जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

मष्तिष्कघात भए काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको शुक्रबार राति निधन भएको हो ।

नेता जोशीको निधनमा दुःख व्यक्त गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, प्रवक्ता शर्मा, कांग्रेसका नेता तथा कार्यकर्ता, अन्य दलका नेता तथा कार्यकर्ताले मुलुकले एउटा कुशल नेता गुमाएको बताएका छन् ।

उनीहरुले नेता जोशीको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

जोशीलाई गत फागुन १४ गते अस्पतालमा भर्ना गरिएको थियो।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १० : ०६ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही