नेपाली सेनाद्वारा पत्रकारसहित २८ जनालाई प्रधानसेनापति प्रशंसा निशान प्रदान | Khabarhub Khabarhub

नेपाली सेनाद्वारा पत्रकारसहित २८ जनालाई प्रधानसेनापति प्रशंसा निशान प्रदान


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले राष्ट्र, जनता र सेनाको बृहत्तर हितमा विशिष्ट योगदान पुर्‍याउनेहरुलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरेको छ ।

सेना दिवस २०७७ का अवसरमा सैनिक मुख्यालय जंगीअड्डामा शुक्रबार आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले समाजका विभिन्न क्षेत्रका २८ जनालाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गरेका हुन् ।

उक्त पदकबाट सम्मानित हुनेमा पूर्व रक्षा सचिव शंकरप्रसाद पाण्डे, भन्सार जाँच पास परीक्षण कार्यालयका सह–सचिव विष्णुराज ढकाल, रेडियो नेपालका समाचार सम्पादक अच्युतराज अर्याल, गैरसरकारी संस्था अक्सफामका लागि क्षेत्रीय सुरक्षा सल्लाहकार चीरनजंग थापा, बेशिसहर नगरपालिका वडा नम्बर २ का अध्यक्ष गणेशबहादुर कंडेल खत्री, चिकित्सक डा.कबिर थकाली र इन्जिनियर फागुसिंह लिम्बु लगायत रहेका छन् ।

नेपाली सेनासँग सहकार्य गर्दै आएका मुलुकका सैनिक, राष्ट्रसेवक कर्मचारी, खेलाडी, सञ्चारकर्मी, समाजसेवी लगायत विदेशी नागरिक र संस्थालाई २०७१ बाट सेनाले प्रशंसा निशानसहित कदर पत्रबाट सम्मान गर्दै आएको छ ।

छिमेकी कतिपय मुलुकमा पनि राष्ट्र र सैनिक सङ्गठनको प्रतिष्ठा र ओज बढाउने कार्यमा उत्कृष्ट योगदान पुर्‍याउने सैनिक तथा गैह्र सैनिक व्यक्तिलाई यस खालको सम्मानसहित कदरपत्र प्रदान गर्ने प्रचलन रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ८ : ३४ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन