नवनियुक्त मन्त्रीको सपथग्रहणलाई मन्त्रीले नै गरे बहिस्कार | Khabarhub Khabarhub

नवनियुक्त मन्त्रीको सपथग्रहणलाई मन्त्रीले नै गरे बहिस्कार


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरूको सपथग्रहण समारोहलाई आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीले बहिस्कार गरेका छन् ।

शुक्रबार भएको चार मन्त्रीको सपथग्रहण समारोहलाई सरकारकै प्रवाभशाली मन्त्री कार्कीले बहिस्कार गरेका हुन् ।

आफूले चाहेको व्यक्तिलाई मुख्यमन्त्रीले आर्थिक मामिला तथा आयोजना मन्त्री नबनाएपछि कार्कीले सपथग्रहण समारोह बहिस्कार गरेको बुझिएको छ । भर्खरै माओवादी केन्द्र त्याग गरेर एमाले प्रवेश गरेका टंक आङ्बुहाङलाई आर्थिक मामिला तथा आयोजना मन्त्रालयको जिम्मेवारी दिएपछि कार्की असन्तुष्ट बनेका हुन् ।

कार्कीले आफू निकट सांसद विमल कार्कीलाई मन्त्री बनाउनुपर्ने लबिङ गर्दै आएका थिए । सपथग्रहण समारोहमा सहभागी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियैतले मन्त्री कार्की टाउको दुखेर उपस्थित हुन नसकेको बताएका थिए ।

नवनियुक्त मन्त्रीको सपथग्रहण समारोह सम्पन्न भएसँगै यति बेला प्रदेश १ को राजनीतिले नयाँ मोड लिएको छ । माधव नेपाललाई छोडेर प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका र माओवादी छोडेर एमालेमा प्रवेश भएका नयाँ अनुहारलाई मुख्यमन्त्री शेरधन राईले विशेष प्राथमिकता दिएर मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ८ : ३० बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द