'भिजिबिलिटी' कम हुँदा काठमाडौंमा हवाइ उडान प्रभावित | Khabarhub Khabarhub

‘भिजिबिलिटी’ कम हुँदा काठमाडौंमा हवाइ उडान प्रभावित


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंको आकासमा तुवाँलो फैलिएपछि भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ उडान प्रभावित भएको छ ।

आज दिउँसोदेखि आकाशमा तुँवालो फैलिँदा हवाई उडान प्रभावित भएको विमानस्थल स्रोतले जानकारी दिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलमा उडानका आवश्यक भिजिबिलिटी नभएपछि हवाई उडान बन्द गरिएको हो। विमानस्थल प्रमुख प्रताप तिवारीले दिउँसो तीन बजेदेखि उडान बन्द भएको जानकारी दिए ।

उनले भने, ‘हवाइ उडानका लागि ८ सय मिटरसम्म देखिनुपर्ने हुन्छ तर काठमाडौंमा अहिले त्योभन्दा न्यून छ।’

उनले हवाई अवतरणका लागि साना जहाजका लागि १६ सय मिटर भिजिबिलिटी चाहिन्छ भने ठूला जहाजका लागि २८ सय मिटर चाहिने जानकारी दिए ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ४ : २७ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द