अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता खनालसहितका नेता सहभागी | Khabarhub Khabarhub

अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता खनालसहितका नेता सहभागी


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमाले संसदीय दलको बैठकमा नेपाल–खनाल समूहका वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताहरु सहभागी भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको बैठकमा वरिष्ठ नेता खनाल लगायतका नेताहरु सहभागी भएका हुन् ।

यसअघि आजै एमालेको असन्तुष्ट माधव नेपाल पक्षले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेपछि खनालसहित अन्य नेता बालुवाटार पुगेका हुन् । बैठकमा माधव नेपाल र भीम रावल भने सहभागी नभएको ओली पक्षका सांसद महेश बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकको सुरुवात गर्दै एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको मुख्य सचेतक र राष्ट्रिय सभा दलको नेता चयनबारे जानकारी गराएका छन् । त्यस्तै ओलीले संसदीय समितिहरूको संख्या र सभापतिबारे पनि पार्टीको हैसियत अनुसार हेरफेर गर्ने जनाकारी दिएका छन् ।

यसअघि एमाले र माओवादी मिलेर नेकपा बनेपछि संसदीय समितिहरुमा एमाले र माओवादीका नेताहरुलाई भागबण्डाका आधारमा जिम्मेवारी दिइएको थियो ।

नेकपाले मान्यता नपाएसँगै माओवादीलाई दिएका समिति सभापतिहरू हेरफेर हुनसक्ने दलका नेता ओलीले जानकारी गराएका हुन । बालुवाटार बैठकमा नेता वामदेव पनि सहभागी भएका छन् ।

सर्वोच्च अदालतले फागुन २३ मा एमाले र माओवादी केन्द्रबीचको एकीकरण भंग गरिदिएपछि पूर्ववत अवस्थामा पुगेको एमालेमा अध्यक्ष ओली र नेपाल पक्षबीच तीव्र विवाद भइरहेको छ ।

विवादकै कारण ओलीले नेपालसहित, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

नेपाल र रावलले बिहीबार स्पष्टीकरणको जवाफ पठाउँदै उल्टै ओलीलाई नै किन कारबाही नगर्ने भन्दै प्रतिप्रश्न गरेपछि ओली झन् रुष्ट बनेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ४ : १६ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर