नौ सय खाद्य वस्तुको नमूना परीक्षण, ७६ फर्मलाई मुद्दा | Khabarhub Khabarhub

नौ सय खाद्य वस्तुको नमूना परीक्षण, ७६ फर्मलाई मुद्दा


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आठ महीनामा ८८१ वटा वस्तुको नमूना परीक्षण गरेको छ ।

विभागले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म बजार अनुगमन तथा निरीक्षण गर्दा विभिन्न स्थानबाट दुई हजार बढी वस्तुको नमूना सङ्कलन गरेको थियो ।

विभाग मातहतका ४३ कार्यालयबाट बजार निरीक्षण तथा अनुगमनबाट चालू आवको पहिलो चौमासिकमा एक हजार १८९ र दोस्रो आवमा एक हजार ९५ गरी आठ महीनाको अवधिमा दुई हजार २८४ वटा वस्तुको नमूना सङ्कलन गरिएको विभागका महानिर्देशक उपेन्द्र रायले जानकारी दिए ।

उनका अनुसार दोस्रो चौमासिकमा ८८१ वटा नमूनाको विश्लेषण गरिएको थियो ।ती वस्तुमा २७४ खाद्यान्न तथा दलहनजन्य, १२४ तेल तथा घ्यूजन्य, ९८ वटा दाना, ९१ फल तथा सागपातजन्य, ६९ वटा मसला, ३१ वटा कन्फेक्सनरिका, २९ प्रशोधित पिउने पानी र १९ वटा दूध तथा दुग्ध पदार्थको नमूना विश्लेषण गरिएको थियो ।

नमूना विश्लेषण गर्दा दोस्रो चौमासिकमा ५७ नमूना मापदण्डविपरीतका रहेका थिए । विभिागको तथ्याङ्कअनुसार पहिलो चौमासिकमा ७० नमूना मापदण्डविपरीत रहेका थिए ।

आठ महीनामा १२७ वटा नमूना मापदण्ड विपरीतका छन् । सोमध्ये दानाका ३१ नमूना, प्रशोधित पिउने पानीका १८ नमूना, खाद्यान्नका २० नमूना, तेल तथा घ्यूजन्य १९ नमूनालगायतका अन्य खाद्य पदार्थका नमूना रहेका थिए ।

७६ मुद्दा दर्ता

विभागले चालू आवको आठ महीनाको अवधिमा खाद्य ऐन तथा नियमानुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गर्ने ७६ मुद्दा दर्ता गरेको छ ।

विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर पहिलो चौमासिकमा २६ र दोस्रो चौमासिकमा ५० थान मुद्दा दर्ता भएको महानिर्देशक रायले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै मुद्दा प्रशोधित पिउने पानीमा रहेको छन् । आठ महीनाको अवधिमा पानीका ११, तयारी चाउचाउ सात, मसला छ, घ्यू पाँच, तेल, बेकरी, दाना, बिस्कुटलगायत उद्योगमा चार वटा मुद्दा दर्ता भएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १२ : ४५ बजे

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी – पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार

पार्किङ गरिएको जहाज भित्रै भेटियो एक किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको

प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा महाविद्यालयको उद्घाटन

बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि लुम्बिनी र मधेशमा सरकार विस्तारसम्म

प्रधानमन्त्री प्रचण्ड र ओली छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र