५० हजार मूल्य बराबरको अवैध औषधिसहित पक्राउ | Khabarhub Khabarhub

५० हजार मूल्य बराबरको अवैध औषधिसहित पक्राउ


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरीको टोलीले अवैध औषधिसहित सिरहाबाट एक युवकलाई पक्राउ गरेको छ ।

भारतीय बजारबाट ल्याउँदै गरेका विभिन्न कम्पनिको करिब रु ५० हजारको औषधिसहित धनुषाको धुनषाधाम नगरपालिका–९ धारापानी निवासी ४२ वर्षीय अब्जल मन्सुरलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा सिरहाको माडरस्थित भन्सार सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको टोलीले जाँचको क्रममा अवैध औषधिसहित मन्सुरलाई पक्राउ गरेको जनाइएको छ ।

मन्सुरलाई औषधि र मोटरसाइकलसहित जिल्ला भन्सार कार्यालय मार्डरमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ९ : ४५ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र