संवैधानिक परिषद्को निर्णय बदर गर्न सभामुख सापकोटाको आग्रह | Khabarhub Khabarhub

संवैधानिक परिषद्को निर्णय बदर गर्न सभामुख सापकोटाको आग्रह


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले मंसिर ३० गतेको संवैधानिक परिषद्को बैठकबाट गरिएको निर्णय बदर गर्न सर्वोच्च अदालतसँग आग्रह गरेका छन्।

सभामुख सापकोटाले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बैठकबारे जानकारी नै नदिई एक पक्षीय रुपमा निर्णय गरेको आरोप लगाउँदै निर्णय बदर गर्न माग गरेका हुन् ।

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले सभामुख सापकोटा समेतलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै इजलासले विपक्षीका नाममा लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

मंसिर ३० गते बसेको बैठकको निर्णय भन्दै उनले पुस ५ गते मात्रै विवरण सार्वजनिक गरेको समेत अदालतलाई पठाएको जवाफमा उल्लेख गरिएको छ ।

परिषदको तर्फबाट पुस ३ गते लेखिएको पत्र संसद सचिवालयलाई पुस ५ गते दिउँसो पौने ३ बजे मात्रै प्राप्त भएको उनले जिकिर गरेका छन्।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ८ : २९ बजे

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्