नेतृ झाँक्रीको व्यंग्य : ओलीले 'किरा फट्याङ्ग्रा' चिन्हबाट चुनाव लड्छन् | Khabarhub Khabarhub

नेतृ झाँक्रीको व्यंग्य : ओलीले ‘किरा फट्याङ्ग्रा’ चिन्हबाट चुनाव लड्छन्


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ – नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीले किरा फट्याङ्ग्रा चिन्हबाट आगामी चुनाव लड्ने टिप्पणी गरेकी छिन् ।

बाग्लुङमा आयोजित सभालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले यस्तो टिप्पणी गरेकी हुन् ।

केपी ओलीले जुनसुकै चिन्हबाट चुनाव लड्ने भन्दै उनको चिन्ता नगरी वैधानिकता विवाद चाँडो टुंग्याउन झाँक्रीले निर्वाचन आयोगसँग आग्रह गरिन् । बहुमत केन्द्रीय सदस्यहरु आफूहरुसँगै रहेकाले पार्टीको आधिकारीकता आफूहरुले नै पाउनुपर्ने उनको तर्क छ ।

आत्मघाती गोल गरेर प्रधानमन्त्री ओली पराजित भइसकेको भन्दै उनले ओलीसँग थप गोल गर्ने समय बाँकी नरहेको समेत बताइन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १० : १२ बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै