चिनियाँ समाग्रीको आयातमा प्रतिबन्ध लगाउन अष्ट्रेलीयाली अर्बपतिको माग | Khabarhub Khabarhub

चिनियाँ समाग्रीको आयातमा प्रतिबन्ध लगाउन अष्ट्रेलीयाली अर्बपतिको माग


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा– अष्ट्रेलीयाली अर्बपति ब्यापारी एन्ड्रीउ फोरेस्टको परोपकारी संस्थाले चीनमा श्रमशोषण गरी उत्पादित सामाग्रीहरुको आयातमा प्रतिबन्धको माग गर्दै संसदमा प्रस्ताव पेश गरेको छ ।

ब्यापारी एन्ड्रीउ फोरेस्टको गैरनाफामुखी परोपकारी संस्था मिन्डेरो फाउन्डेसनको श्रमशोषण बिरोधी अभियानले चीनमा श्रमशोषणबाट उत्पादित सामाग्रीहरु आयातमा प्रतिबन्ध लगाउन माग गरेको हो ।

फाउन्डेसनले मुस्लिम अल्पसंख्यक उइघुर जातिमाथि श्रमशोषण र अमानवीय व्यावहार गरेको भन्दै चीन सरकारको आलोचना पनि गरेको छ । चीनमा श्रमशोषण गरी उत्पादित सामाग्रीलाई सामुहिक रुपमा प्रतिबन्ध गर्नेबारे अन्तराष्ट्रिय मानबअधिकारबादी संस्थाहरुले आफुहरुलाई सुचित नगरेको पनि मिन्डेरो फाउन्डेसनले जनाएको छ ।

आधुनिक समाजमा श्रमशोषण बिरुद्धको अभियानमा ठूलो सहयोग गर्दै आएका अर्बपति फोरेस्टले उइघुरको बिषयमा चीनबिरुद्ध नबोलेको भन्दै यसअघि उनको आलोचना भएको थियो । फोरेस्टको फोर्टेस्क्यु मेटल कम्पनीले चीनबाट ठूलो मात्रामा नाफा उठाउने भएकोले पनि चीन सरकार बिरुद्ध उनी मौन रहेको भन्दै आलोचना भएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १० : ०१ बजे

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

बुटवल– सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

गल्याङ– स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको

मस्कको सुझाव- रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !

काठमाडौंं– स्पेसएक्सका मालिक एलन मस्कले इजरायल र इरानबीच बढ्दो तनावबीच

दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ

संखुवासभा– आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको आरोपमा सभापोखरी गाउँपालिका-३

कार्यालय समयमा कार्यकक्षमा नहुने स्वास्थ्यकर्मीलाई कारबाही गरिने

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने