लोपोन्मुख कुसुन्डा जातिको भाषा जोगाउन कक्षा सञ्चालन | Khabarhub Khabarhub

लोपोन्मुख कुसुन्डा जातिको भाषा जोगाउन कक्षा सञ्चालन


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोपोन्मुख कुसुन्डा जातिको भाषा जोगाउन भाषा आयोगले दाङमा एक महिने कक्षा सञ्चालन गर्ने भएको छ । उक्त कक्षा यही फागुन १८ गतेदेखि एक महिनासम्म सञ्चालन हुनेछ ।

घोराही उपमहानगरपालिका –५ धर्नाको महेन्द्र मावि र वडा –१८ को सुपैलाखुटीको कुसुन्डा बस्तीमा कुसुन्डा भाषा कक्षा संचालन हुन थालेको हो ।
मावि धर्नामा १२ जनालाई भाषा सिकाउन कुसुन्डा भाषाका पाठ्यपुस्तक लेखक उदयबहादुर आलेले सहजीकरण गर्नेछन् । यस्तै सुपैलाखुटीमा १८ जना कुसुन्डाका बालबालिकालाई भाषाका जानकार कमला कुसुन्डा र उर्मिला कुसुन्डाले सहजीकरण गर्नेछन् ।

सो आयोगका सचिव लक्ष्मीप्रसाद भट्टराईले कुसुन्डा भाषाको संरक्षणका लागि अर्को पुस्तालाई भाषा सिकाउनुपर्ने भएकाले कक्षा सञ्चालन गरिएको जानकारी दिए ।

घोराही उपमहानगरपालिका–५ रहेको महेन्द्र मावि, धर्नाको छात्राबासमा अध्ययन गर्ने कुसुन्डा किशोरीहरुलाई ९० घण्टाको कार्यक्रमअन्र्तगत दिनको दुई घण्टाका दरले ६० घण्टाको प्रत्यक्ष कक्षा हुने र बाँकी ३० घण्टा स्वाध्ययन हुने आयोगका उपसचिव गेहनाथ गौतमले जानकारी दिए ।

उक्त कक्षामा १० जना कुसुन्डा जातिका विद्यार्थी र एक जना वादी समुदायका विद्यार्थी पनि हुनेछन् । सो उपमहानगरका प्रमुख नरुलाल चौधरीले भाषा मानिसको पहिलो माध्यम भएको र लोपोन्मुख भाषालाई बचाउन आफूहरु लागि परेको बताउँदै यसको संरक्षण र संवद्र्धनमा स्थानीय तहले विशेष चासो राखेर काम गर्ने जनाए ।

आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा. लोकबहादुर लोप्चनले आफू–आफूले बोल्दा कुसुन्डा भाषा प्रयोगमा ल्याउन सकेमा भाषाको प्रयोग धेरै हुने र भाषा जीवन्त रहने बताए ।

कुसुन्डा भाषाका पाठ्यपुस्तक लेखक आलेले कुसुन्डा भाषालाई जीवन्त राख्न सम्बन्धित समुदायले कथ्य परम्परालाई कायम राख्नुपर्ने बताए । कुसुन्डा भाषाको जानकार कमला कुसुन्डा सेनले यहाँ कुसुन्डा भाषा जानेको जीवित व्यक्ति आफूमात्र भएको र आफ्नो भाषाको संरक्षणमा लागेको बताए ।

“भाषा अरुलाई सिकाइएन भने आफूसँगै मर्छ, त्यसैले भाषा आयोगले कुसुन्डा भाषा सिकाउने अवसर दिएकोमा धेरै खुशी लागेको छ” उनले भने ।

सो अवसरमा नेपाल कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डा, मावि धर्नाका प्रधानाध्यापक ऋषिराज अधिकारीलगातयले सबै भाषाको संरक्षण र संवर्द्धनमा आयोगको ध्यान जानुपर्ने र लोपोन्मुख जातिको भाषालाई संरक्षण गर्ने यस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।

राष्ट्रिय जनगणना २०५८ मा नेपालमा कुसुन्डाको जनसंख्या १६४ तथा वक्ताको संख्या ८७ उल्लेख थियो । २०६८ को तथ्याङ्क अनुसार नेपालमा कुसुन्डाहरुको जनसंख्या २१३ उल्लेख छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ५ : ३१ बजे

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन