महिला लघुवित्तको आईपीओ बाँडफाँट, साढे २ प्रतिशतले मात्र पाए आईपीओ | Khabarhub Khabarhub

महिला लघुवित्तको आईपीओ बाँडफाँट, साढे २ प्रतिशतले मात्र पाए आईपीओ


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड भएको छ । कुल आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ५०० जनाले १० कित्ता आइपीओ हात पारेका छन् ।

यस्तै लघुवित्तका १५३ जना कर्मचारीलाई ५ हजार कित्ता शेयर बाँडफाँट गरिएको छ । त्यसैगरी सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँट गरिएको छ ।

उक्त आईपीओ लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय हात्तिसारमा शुक्रबार बिहान ८ बजे धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँट गरिएको हो ।

लघुवित्तमै हालसम्मकै धेरै भरिएको आईपीओ सीमित संख्यामा निष्काशन भएको थियो । उच्च आवेदनका कारण जम्मा साढे २ प्रतिशत आवेदकले मात्रै आईपीओ पाएका हुन् ।

आईपीओमा कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए । जसमध्ये १५ लाख ३६ हजार ६८२ जनाको आवेदन सदर भएको थियो भने ३ हजार ३५३ आवेदकको आवेदन रद्ध भएका थिए ।

लघुवित्तले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ९ : १५ बजे

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक