अमेरिकी शिक्षण संस्थामा चिनियाँ प्रभाव | Khabarhub Khabarhub

अमेरिकी शिक्षण संस्थामा चिनियाँ प्रभाव



राष्ट्रपति जो बाइडनले चीनसँगको सम्बन्धलाई कसरी सञ्चालन गर्नेछन् भन्ने विषयलाई सबैले ध्यान पूर्वक हेर्नेछन् ।

राष्ट्रपतीय कार्यकालको शुरूवाती चरणमा बाइडनले अमेरिकी जनतामाझ हामी फेरि विश्व महाशक्तिको प्रतिस्पर्धामै छौँ भन्ने सन्देश दिने खोजेको देखिन्छ । त्यसका लागि बाइडन प्रशासनको प्रशंसा गर्नुपर्छ । इतिहासले भने प्रशंसा गर्छ कि दुत्र्काछ भन्ने कुरा बाइडन प्रशासनको केही समयको कामपछि नै थाहा हुनेछ ।

एउटा महत्वपूर्ण कुरा जसको विषयमा बाइडन प्रशासनले तत्काल कदम चाल्नुपर्ने हुन्छ, त्यो हो कन्फ्युसियस केन्द्र । अमेरिकी विश्वविद्यालय र कलेजहरूमा ‘साँस्कृतिक केन्द्र’ का रूपमा रहेको यो केन्द्र चिनियाँ आर्थिक सहायतामा सञ्चालित छ । अब कन्फ्युसियस केन्द्र र अमेरिकी विश्वविद्यालयबीच कस्तो खालको सम्झौता हुन्छ भन्ने चासोको विषय भएको छ । बाइडन प्रशासनलाई बाराक ओबामा प्रशासनको तुलनामा चीनप्रति सशक्त हुनुको विकल्प नभएको देखिन्छ ।

यी विषयमा प्रवेश गर्नुअघि बाइडन प्रशासनले हालसम्म सहजरूपमा गरेका केही कामहरू हेरौँ ।

आफ्नो कार्यकालको पहिलो दिन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले आफ्ना पूर्ववर्ती सहकर्मीले जस्तै चीन उइगुर समुदायको नरसंहारमा लागेको आरोप लगाएका थिए । टर्कीका इस्लामिक समुदाय सम्वद्ध यी उइगुरलाई चिनियाँ सरकारले यातना शिविरमा राख्ने गरेका छन् । यातना शिविरमा राखिएका यी उइगुर समुदायको मुस्लिम धर्मप्रतिको विश्वास बदल्दै यो समुदायलाई चिनियाँ कम्युनिस्ट पार्टीका लागि सहज हुने किसिमले चलाउने नीति चीनले लिएको छ ।

बाइडन प्रशासनले ताइवान नीतिमा पनि आफ्नो स्पष्ट संकेत दिइसकेको छ । अमेरिकास्थित ताइवानका अघोषित राजदूत बाइडनको शपथग्रहण समारोहमा सहभागी भएका थिए । यस्तो घटना अमेरिकाले आफ्नो कूटनीतिक सम्बन्ध ताइवानबाट चीनतर्फ मोडेपछि पहिलो पटक भएको हो ।

शपथग्रहण समारोहपछिको केही हप्तापछि अमेरिकी राष्ट्रपति बाइडन र चिनियाँ राष्ट्रपति सि चिन फिङबीचको टेलिफोन संवाद भएको थियो । संवादका क्रममा बाइडनले आफ्नो प्रशासनको ताइवान नीतिको प्राथमिकताका विषयमा चिनियाँ राष्ट्रपति सिलाई स्पष्ट रूपमा बताएका छन् ।

बाइडन प्रशासनले पूर्वी एसिया र इन्डो प्यासिफिकका लागि अमेरिकी कार्यकारी सहायक विदेशमन्त्री र अमेरिकाका लागि ताइवानका अघोषित राजदूतबीचको भेटवार्तालाई निकै प्रचार गरेको थियो । अहिलेसम्म जे भएको छ, त्यो राम्रो भएको छ । वासिंटनको एकताका लागि एउटा मात्रै विषय भनेको चीन मामिला नै हो ।

ट्रम्पले गत वर्षको अन्तिम दिन एउटा नीति ल्याएका थिए— कन्फ्युसियस संस्थासँग भएको सम्झौताको खुलासा गर्दै दुई देशका छात्रछात्रा आदानप्रदान गर्ने कार्यक्रम प्रमाणित गर्नुपर्ने आवश्यकता ।

त्यसैले बेइजिङसँग व्यवहार गर्ने विषयमा बाइडनले आफूलाई लघुताभास हुने केही कदम चाल्नु हुँदैन । आन्तरिक विषयमा अमेरिकीहरूबीच फरक मत रहे पनि चीनसँग व्यवहार गर्ने विषयमा सबै अमेरिकी एकजुट हुन्छन् ।
अब यहाँ कन्फ्युसियस केन्द्रको विषय आउँछ ।

गत हप्ता, ओवल अफिसमा बाइडनको तेस्रो हप्ता बित्योे जहाँ उनले ट्रम्प प्रशासनले अघि सारेको अर्को नीति पनि अस्वीकार गरिदिए ।

ट्रम्पले गत वर्षको अन्तिम दिन एउटा नीति ल्याएका थिए— कन्फ्युसियस संस्थासँग भएको सम्झौताको खुलासा गर्दै दुई देशका छात्रछात्रा आदानप्रदान गर्ने कार्यक्रम प्रमाणित गर्नुपर्ने आवश्यकता ।

यो नीति लागु हुँदा अमेरिकी शिक्षण संस्थाहरूले कन्फ्युसियस केन्द्र स्थापना गर्दा चीनसँग भएको सम्झौता सरकारलाई देखाउनुपर्ने हुन्छ ।

शिक्षण संस्थामा पारदर्शिता कायम गर्न यो नीति ल्याइएको थियो । पारदर्शितासँगै अमेरिकी शिक्षण संस्थामा कन्फ्युसियस केन्द्र स्थापना गर्न चीनले किन ठूलो आर्थिक सहयोग गरेको छ भन्ने पत्ता लाग्ने थियो ।

कतै चीनले ठूलो आर्थिक सहयोग गर्दै विद्यार्थीलाई चीनको तीन टी, ताइवानको स्वतन्त्रता, तिब्बतमाथिको दमन र त्याआनमेन स्क्वायर घटना नबताउन निर्देशन दिएको त छैन भन्ने विषय पनि पत्ता लाग्ने थियो ।

गृहमन्त्रालयका कर्मचारीले ट्रम्पको उक्त नीतिको प्रशंसा गरेका थिए । तर, बाइडन प्रशासनले उक्त नीतिले ल्याउन सक्ने परिणामका विषयमा खास ध्यान दिएको पाइँदैन । यो नीति लागू हुँदा चीनको रणनीतिमाथि नै प्रहार हुने थियो । ह्वाइट हाउसका प्रवक्ताले ‘द भ्याइस अफ अमेरिका’ लाई दिएको प्रतिक्रिया अनुसार वर्तमान प्रशासनले उक्त नीति फिर्ता गरेको छैन । ट्रम्प प्रशासनले त्यो नीति अमेरिकाको संघीय कार्यालयमा दर्ता नै नगरेको प्रवक्ताको भनाइ छ ।

कन्फ्युसियस अध्ययन केन्द्रका विषयमा चिनियाँ शिक्षा मन्त्रालयलाई रिर्पोटिङ गर्ने हनवान नामक संस्थाले नै विदेशमा यस्ता केन्द्र सञ्चालन गर्छ । यो संस्थाको वेबसाइटले आफूलाई बेलायतको ब्रिटिस काउन्सिल, जर्मनीको गोथेसँग तुलना गर्दै चिनियाँ भाषा शिक्षण केन्द्रका रूपमा आफूलाई प्रचार गरेको छ । यी सबै गलत प्रचार हुन् ।

ह्वाइट हाउसले उसको आगामी चीन नीति कस्तो हुन्छ भन्ने विषयमा केही नजनाए पनि उसले लिने नीति भविष्य केन्द्रित हुनु आवश्यक हुन्छ ।

कन्फ्युसियस नीति पुनस्र्थापित गर्दै लागू गर्दा उत्तम हुन्छ । यसो गर्दा नीतिमा सन्तुलन बिग्रिँदैन । त्यो नीति पारदर्शिता र विश्वसनीयताको हो ।

यी दुई शब्द बाइडन समूहले निर्वाचन प्रचार र शपथग्रहणका क्रममा पनि जोडका साथ प्रयोग गरेको थियो ।

सार्वजनिक भएअनुसार टेलिफोन संवादका क्रममा बाइडन जुन दृढताका साथ चिनियाँ राष्ट्रपति सिसँग कुरा गरेका थिए, कन्फ्युसियस नीतिको उद्देश्य पनि त्यही हो ।

देशको सुरक्षाका लागि जुनसुकै विषयमा पनि पारदर्शिता खोजिनु नौलो कुरा होइन । हामीले राजनीतिक सहयोग लिँदा होओस् अथवा कुनै उद्योगको लगानीकर्तासँग होओस्, लगानीको पारदर्शिता माग गछौँ । कन्फ्युसियस अध्ययन केन्द्र रहेका अमेरिकी शिक्षण सस्थासँग यस्तो किसिमको पारदर्शिता माग गर्नु गलत हुन्छ र ?

यी अध्ययन केन्द्रलाई चीनले आफ्नो प्रभाव विस्तार गर्ने माध्यमका रूपमा लिएको छ । कन्फ्युसियस अध्ययन केन्द्रका विषयमा चिनियाँ शिक्षा मन्त्रालयलाई रिर्पोटिङ गर्ने हनवान नामक संस्थाले नै विदेशमा यस्ता केन्द्र सञ्चालन गर्छ । यो संस्थाको वेबसाइटले आफूलाई बेलायतको ब्रिटिस काउन्सिल, जर्मनीको गोथेसँग तुलना गर्दै चिनियाँ भाषा शिक्षण केन्द्रका रूपमा आफूलाई प्रचार गरेको छ । यी सबै गलत प्रचार हुन् ।

सन् २०१५ मा हेरिटेज फाउन्डेसनले प्रकाशित गरेको एक प्रतिवेदन अनुसार, हनवन संस्था चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य लिऊ यानदुङको नेतृत्वमा रहेको छ । उनी पार्टीको सबैभन्दा उच्चतहमा पुगेकी महिला सदस्य हुन्, जसको नेतृत्वमा ‘युनाइटेड फ्रन्ट वर्कस डिपार्ट्मेन्ट’ रहेको छ । यो संस्थाले विदेशमा रहेका अन्य संस्थालाई प्रभावित पार्दै चिनियाँ विदेश नीतिलाई सहयोग पुर्‍याउने काम गर्छ ।

खराब प्रचारका कारण लिऊले हनवान संस्था त सन् २०१७ मा छोडिसकेकी छन् तर कन्फ्युसियस अध्ययन केन्द्रले अमेरिकामा के गर्न चहान्छ भन्ने स्पष्ट छ । अमेरिकाको गृहमन्त्रालयले धेरै शिक्षण संस्थामा कन्फ्युसियस अध्ययन केन्द्रले मोटो रकम सहयोग गरेको पाएको छ ।

बाइडन प्रशासनले आफ्नो कार्यकाल राम्रो हिसाबमा शुरू गरे पनि आगामी दिन कसरी जान्छ भनेर चासोे साथ हेरिरहेका छन् । कन्फ्युसियस अध्ययन केन्द्र विरुद्ध बाइडनले छिटो कुनै कदम चाले उनको चीन नीति कडा र यर्थाथवादी रहेको प्रष्ट हुनेछ ।

(२२ फेब्रुओरी २०२१ मा द न्याशनल इन्ट्रेसमा प्रकाशित यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन्)

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ८ : ०० बजे

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ