महिला लघुवित्तको आइपीओ आजदेखि बाँडफाँट हुने | Khabarhub Khabarhub

महिला लघुवित्तको आइपीओ आजदेखि बाँडफाँट हुने


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ आज बिहान बाँडफाँट हुने भएको छ।

बिक्री प्रबन्धक एसबीआई मर्चेण्ट बैंकिङका अनुसार लघुवित्तको आइपीओ आज बिहान ८ बजे बाँडफाँट गरिँदै छ ।

लघुवित्तको आइपीओमा हालसम्मकै उच्च संख्यामा आवेदन परेको छ । १५ लाख ४० हजार ४८ जनाले २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ता अर्थात् २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

यो आइपीओमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ३७ हजार ५ सय जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १५ लाख भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

मागभन्दा अत्याधिक आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाअनुसार न्युनतम १० कित्ताका दरले ३७ हजार ५०० जनाले मात्रै सेयर पाउनेछन् ।

महिला लघुवित्तले माघ ३० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आइपीयोमा फागुन ५ गतेसम्म आवेदन खुला गरिएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ८ : १५ बजे

केमिकल बोकेको ट्रकमा आगलागी

धादिङ– रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल लिएर काठमाडौँतर्फ गुडेको

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले यही वैशाख २६ गते स्थायी कमिटीको

चैते धानमा किसानको आकर्षण

दाङ– बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि

वीरगञ्जको अलौमा आगलागी, सात घर जलेर नष्ट

वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा

यस्ता छन्, काफल खाँदाका फाइदा

काठमाडौँ– अहिले काफलको सिजन हो । अहिले नेपालका वनपाखामा काफल