कोरोनाविरुद्धको खोप 'कोभिसिल्ड’ गण्डकीको तीन जिल्लामा पुग्यो | Khabarhub Khabarhub

कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ गण्डकीको तीन जिल्लामा पुग्यो


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– कोरोना भाइरस विरुद्धको कोभिसिल्ड खोप मंगलबार गण्डकी प्रदेशको तीन जिल्लामा पुगेको छ ।

बुधबारदेखि खोप लगाउने शुरु गरिने गरी तनहुँ, गोरखा र नवलपुरलाई कोभिसिल्ड भ्याक्सिन हस्तान्तरण गरिएको गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखराका कोल्ड चेन निरीक्षक हिमलाल सुवेदीले जानकारी दिए ।

नवलपरासीपूर्व लागि पठाएको जम्मा १ सय १७ एम्पुल कोभिसिल्ड भ्याक्सिन देवचुली नगरपालिकास्थित दुम्कौली स्वास्थ्य चौकीमा स्टोर गरिएको स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईले जानकारी दिए ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखराका कोल्ड चेन निरीक्षक सुवेदीले जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीलाई खोपको प्याकेट हस्तान्तरण गरेका थिए ।

जिल्लामा १ हजार ५२ जनालाई पहिलो चरणमा दिइने खोपको मात्रा १ सय १७ भाइलमा प्रति भाइल १० जनाको अनुपातमा १ हजार १ सय ७० डोज मात्रा प्राप्त भएको स्वास्थ्य कार्यालय प्रमुख चापागाईले जानकारी दिए ।

चापागाइँकाअनुसार बुधबार कावासोतीस्थित मध्यबिन्दु जिल्ला अस्पतालबाट पहिलो चरणमा खोपको पहिलो मात्रा दिन शुरु गरिनेछ ।

बुधबारबाट सरकारको मापदण्डमा परेका पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाईका कर्मचारीलाई  खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोपको पहिलो मात्रा दिएको १ महिनामा पुनः अर्को मात्रा दिनुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि पर्वत, बागलुङ र म्याग्दीका लागि सोमबार नै खोप पठाइएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काले बताए ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ९ : २९ बजे

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको