शहीद सप्ताह : धर्मभक्त माथेमाको सम्झनामा श्रद्धाञ्जली | Khabarhub Khabarhub

शहीद सप्ताह : धर्मभक्त माथेमाको सम्झनामा श्रद्धाञ्जली


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद सप्ताहको तेस्रो दिन धर्मभक्त माथेमाको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ ।

विगतका वर्षमा झैं यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवस मनाउन शुरु गरेको छ ।

सप्ताहको तेस्रो दिन कामपाले शहीद धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थान सिफल उकालोमा सभाको आयोजना गरेको हो ।
माथेमालाई माघ १३ गते सिफल उकालो बकाइनाका रुपमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । विसं १९६६ आश्विन ९ गते पिता सुब्बा आदिभक्त र माता चन्द्रकुमारी देवीको कोखबाट काठमाडौँको ओमबहालमा माथेमाको जन्म भएको थियो ।

श्रद्धाञ्जली सभामा कामपाको प्रमुख विद्यासुन्दर शाक्यले निरङ्कुशताबाट नेपाली जनतालाई मुक्त गराउन ज्यानको आहुती दिने शहीदकै कारण मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए ।

विसं १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशम्शेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी पाँच जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजीवन कैदमा परिवर्तन गरियो ।

जेल सजाय भोगिरहेकै बेला राणा शासनविरुद्ध देशविदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र माघ १३ गते धर्मभक्त माथेमालाई सिफलको बकाइनाका रुखमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो । त्यस्तै माघ १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा गोली हानेर प्राणदण्ड दिइएको थियो ।

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात माघ १६ गते शान्तिबाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्बीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत हुने जनाइएको छ ।

सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ । विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा शहीद सप्ताहअन्तर्गतका कार्यक्रम मनाइँदै आएको छ ।

प्रजातन्त्र प्राप्तिका लागि सहादत प्राप्त गरेका चार शहीदको सम्झनामा कामपाले पूर्णकदको प्रतिमा स्थापना गरिसकेको छ । त्यसैगरी कामपाले गएको वर्ष गङ्गालाल श्रेष्ठका नाममा सञ्चालनमा रहेको गङ्गालाल हृदयरोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता गरिसकेको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ७ : १० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०