नेपालले कतारमा 'टी-२० आई' प्रतियोगिता खेल्ने | Khabarhub Khabarhub

नेपालले कतारमा ‘टी-२० आई’ प्रतियोगिता खेल्ने


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीले कतारमा टी-२० आई प्रतियोगिता खेल्ने भएको छ।

मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले कतारमा हुने वाइल्याट्रल टी-२० खेल्ने निर्णय गरेको हो।

कतार एसोसियसनले कतार स्पोर्ट्स डे को अवसरमा गर्न लागेको बाइल्याट्रल टी–२० मा नेपाल सहभागी हुने भएको छ।

प्रतियोगिता फेब्रुअरी ९ देखि १२ सम्म हुनेछ ।

यसैगरी क्यान बोर्ड बैठकले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण फेब्रुअरी १ देखि सुरु गर्ने निर्णय गरेको छ। राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा डेभ वाटमोर आएपछि यो पहिलो क्याम्प हो।

क्यानले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष प्रतियोगिताको विजेताले १० लाख नगद र उपविजेता टोलीले ५ लाख दिने निर्णय समेत गरेको छ।

माघ ७ देखि सुरु भएको प्रतियोगिता १७ गते सकिँदैछ। तर, पुरस्कार भने आज बल्ल टुङ्गो लागेको हो। यस्तै प्रधानमन्त्री कपको सेमिफाइनल पुग्ने टोली, प्लेयर अफ दि सिरिजले समान ५०/५० हजार पाउने छन्।

प्रतियोगिताको उत्कृष्ट बलर र ब्याट्सम्यानले २५ हजार पाउनेछन्। यस्तै सेमिफाइनल भन्दा अगाडिका खेलमा प्लेयर अफ दि म्याच हुने खेलाडीले ५ हजार पाउनेछन्। यसअघि म्यान अफ दि म्याचले २५ सय पाउँदै आएका छन्।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ६ : २८ बजे

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई